बिहि, जेष्ठ २१, २०८३

चिसापानीबाट लागु औषध सहित दुई युवक पक्राउ


कञ्चनपुर, मसिर ८ लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरको टोलीले कैलालीको चिसापानीबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरको टोलीले चिसापानी क्षेत्रबाट दुई युवकको साथबाट लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका इन्चार्ज केशव जोशी नेतृत्वको टोलीले चरेश सहित लम्की चुहाका ३चिसापानीकै २८ बर्षिया अर्जुन बुढा र कालिकोटका २८ बर्षिया बिरेन्द्र बुुढाको साथबाट २.७५ग्राम चरेश बरामद गरिएको प्रह पदम विष्टले बताए।

उनीहरुलाई थप कार्बाहीका लागि ईप्रका चिसापानीको जिम्मा लगाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply