बिहि, जेष्ठ २१, २०८३

नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रदेश अध्यक्षमा जोशी चयन


कञ्चनपुर ।प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद(सिटिईभिटी) अन्र्तगत नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम प्रदेश अधिवेशन बाट सर्वसम्मत रुपमा माधव प्रसाद जोशीको अध्यक्षतामा नौ सदस्यीय प्रदेश समिति चयन गरिएको छ ।

शुक्रबार कैलालीको धनगढीमा सम्पन्न भएको अभिवेशनबाट उपाध्यक्षमा स्वतन्त्र कुँवर, सचिवमा धनराज कार्की, कोषाध्यक्षमा दिनेश कुमार पाण्डे निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा भुवेश पन्त, प्रयागराज जोशी, विशाल ज्ञवाली, विकास नेपाली र शुरेस सुनार चयन भएका छन् । अधिवेशनबाट नेत्रबिक्रम भट्ट, प्रेमराज पाण्डेय र प्रकाश पोखरेल सल्लाहकारमा चयन भएका छन् ।

यसअघि भएको उद्घाटन सत्र सिटिईभिटी अन्र्तगत नेराकसका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश ईन्चाज नेत्रबिक्रम भट्टको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय शिवसिंह ओली प्रमुख अतिथी रहेका थिए ।

संविधान सभा सदस्य तथा नेकपा माओवादीका प्रदेश सचिव जनक बुढा बिशिष्ट अतिथी रहेको कार्यक्रमको सञ्चालन शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका ईन्जिनियर भुवेश पन्तले गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply