बिहि, जेष्ठ २१, २०८३

गैलनदीमा रामलीला महोत्सव ः जनप्रतिनिधीद्वारा सहयोगको प्रतिबद्धता


कञ्चनपुर, कार्तिक ७ कञ्चनपुरको उत्तरी क्षेत्र गैलनदी गाँउमा पहिलो पटक संचालन भएको रामलीला महोत्सवमा यस क्षेत्रका जनप्रतिनिधीले सहयोगको बचन दिएका छन । बुधबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जिवनमा आधारित शुरु भएको रामलीला महोत्सव ०८१ मा सहभागि क्षेत्रका स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधीले सहयोगको बचन दिएका हुन । निर्वाचन क्षेत्र ३बाट निर्वाचित एव गृहमन्त्री समेत रहेका रमेश लेखककै प्रमुख आथित्यमा उद्घाटन भएको रामलीला महोत्सवमा गृहमन्त्री लेखकले सहयोगको बचन दिए बैजनाथ सिद्धनाथ रामलिला समिति गैलनदीले निङलाशैनी जगन्नाथ रामलिला समितिसंगको मुख्य सहकार्यमा बेदकोट ८ वडा कार्यालयको प्राङगणमा शुरु भएको रामलिला महोत्सवको गृहमन्त्री एव उक्त वडाका स्थानीय समेत रहेका रमेश लेखकले महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले समाजिक सद्भावदेखि समाज सुधारका क्षेत्रमा अनुशरणमा गृहमन्त्री लेखकले जोडदिए । क्षेत्र ३(क)बाट निर्वाचित प्रदेश सभा सदस्य एव कार्यक्रमका बिशिष्ठ अतिथि सुप प्रदेश सरकारका निर्वतमान आर्थिक मामिला मन्त्री एव प्रदेश सांसद प्रकास रावलले समेत रामलिला महोत्सवमा सहयोगका बचन सहित समाजिक हितमा जोड्नुपर्ने बताए ।

बेदकोट नगरका मेयर भोजराज बोहराले सहयोग सहित रामलिलाबाट समाज सुधारका क्षेत्रमा जोडदिदै पालिकाबाट आवश्यक सहयोगको बचन दिएका छन । बैजनाथ सिद्धनाथ रामलिला समिति गैलनदीका मुख्य सरक्षक एव बेदकोट नगरकी उपप्रमुख तुलसी जोशीले समाज सुधारका लागि आध्यात्मिक तरिका आवश्यक रहेको औल्याएकी छिन । उनले समाजलाई आध्यात्मिक विषयमा जोड्दै समाजिक विकृती हटाएर समुन्नत समाज निर्माणमा भूमिका निर्वाह गरिने बताईन । उपप्रमुख जोशीले आफुले रामलिला सम्पन्न गर्नका लागि आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने प्रण गरेकी छिन ।बैजनाथ सिद्धनाथ रामलिला समितिका संयोजक एव बेदकोट ८का वडाध्यक्ष महेशराज जोशीले पहिलो पटक गैलनदी गाँउमा रामलिला संचालन गर्न लागिएको बताए । संयोजक जोशीले बेदकोट ८ कै उत्तरी क्षेत्र जेष्ठ नागरिक बाल धार्मिक वनको बृद्धि विकासका लागि, नैतिक शिक्षा, रामजस्तै आर्दश पुरुषको विकास गर्न, सामुहिक सद्भाव, भाईचारा भावनाका लागि रामलिला संचालन गर्न लागेको बताए ।

‘हाम्रो बेदकोट नगर उस्तैपनि धार्मिक पर्यटकीय क्षेत्र भएको नगरपालिका हो, ‘उनले भने, ‘धार्मिक पर्यटन प्रर्बद्धनका लागि हामीले महोत्सव पनि संचालन गर्न लागेका हौैँ ।’उनले रामजानकी विवाह पञ्चमीकै दिनदेखि शुरुवात हुने रामलिलाको गृहमन्त्री रमेश लेखकको प्रमुख आथित्यमा उद्घाटन हुनेछ । निङलाशैनी जगन्नाथ रामलिला समितिका सह संयोजक भावनदेव भट्टले ०७० सालमा बेदकोट नगरकै सुडामा संचालन भएको रामलिलाबाटै अनुशरण गरेर ०७१ देखि गोबरैयामा निरन्तर संचालन गरिरहेको बताए । आफुहरुले यस पटक बेदकोट नगरको गैलनदीमा संचालन हुने रामलिला प्रभावकारी बनाउने उद्घोष गरेका छन । निङलाशैनी जगन्नाथ रामलिला समितिका सचिव पदमराज भट्टले समाजको विकाससंगै आध्यात्मिक विकासको खाचो रहेको बताए ।

उनले रामलिलाको माध्यामबाट समाज सुधारका कार्यक्रम संचालन गरिने बताए । पहिलो पटक गाँउमै रामलिला संचालन हुन लागेपछि स्थानीय समेत हर्षित भएका छन । बैजनाथ सिद्धनाथ रामलिला समितिका सचिव महाबिर बमले १८ मसिरसम्म संचालन हुने रामलिला महोत्सवको अवलोकनका लागि आयोजकले आब्हान गरेका छन । उद्घाटनका दिन शुभकामना मन्तव्य राख्ने कार्यक्रम भएपनि बिहीबारदेखि रामलीला निरन्तर अघि बढेको जनाईएको छ ।

सम्बन्धित समाचार

Leave a Reply