कञ्चनपुर, २ मंसिर ।कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि आगामी १६ मंसिरमा हुने उप निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरु भएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दल एव स्वतन्त्र उम्मेदवारले उम्मेदबारी दर्ता गराउन शुरु गरेका हुन ।

मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको बताए । उनका अनुसार पहिलो नम्बरमा युवराज चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन । भने, राजनीतिक दलबाट नेपाली काँग्रेसका उम्मेदबार प्रकास बहादुर चन्दले पहिलो उम्मेदवारी दर्ता गराएका हुन । नेकपा माओवादी केन्द्रका तर्फबाट नानाराम ओली, राष्ट्रिय स्वतन्त्र पाटीका तर्फबाट रामदत्त भट्टले उम्मेदवारी दर्ता गराएका हुन ।

केही बेरमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राप्रपा, नाउपा, जनमत, नेमकीपा सहित स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराउने पालो पाएका छन । गत बर्ष काँग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खडकाको निधन भएसंगै निर्वाचन आयोगले भीनपा ६मा पनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्ष पदपूर्ति गरिरहेको छ । भीनपा ६मा पुरुष भन्दा महिला मतदाता बढि रहेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १०४जना बढि महिला मतदाता रहेका छन । महिला २ हजार ७६९, पुरुष २ हजार ६६५ गरेर जम्मा ५ हजार ४३४मतदाता रहेका छन ।

