शुक्र, जेष्ठ २२, २०८३

कञ्चनपुरमा राष्ट्रिय कर दिवस, कञ्चनपुरमा पनि मनाईदै


विकास सिह महता, मंसिर १ कञ्चनपुरमा पनि कर दिवस मनाईएको छ । देशभर जस्तै कञ्चनपुरमा पनि कर दिवस मनाएको हो । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले १३औँ राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाउन लागेको छ । शनिबारदेखि ‘कर प्रणालीको सार लगानीको आधार’ मुल नारा अघि सारेर कर दिवस मनाउन लागेको जनाएको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत डमरु प्रशाद पराजुलीले कञ्चनपुरमा कर साप्ताहिक मनाउन लागेको बताए । उनका अनुसार पहिलो दिन कार्यालदेखि बजारमा प्रभातफेरी गरेर दिवस मनाईएको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख डम्बरी पराजुली प्रमुख, शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेल,भन्सार कार्यालय कञ्चनपुरका प्रमुख राजन बाबू काफ्ले लगायत उद्योगि, व्यापारी व्यवसाय, संघसंस्थाका प्रमुख प्रतिनिधि लगायतको उपस्थितिमा कर सप्ताहको उद्धघाटन भएको हो। संगै कर सप्ताह कम्प्युटर अधिकृतले स्वागत मन्तव्य राखेका थिए। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रशुराम पोखरेलले कर दिवस कर केका लागि ,उद्देश्य र क्षेत्र के भन्ने बारेका बारेमा जान्नु पर्ने बताउनु भयो। साथै निजि क्षेत्र नै करको मुख्य पिल्लर रहेको उनले बताए। राज्यलाई आर्थिक स्तर उन्नतिमा निजि लगानीले तिर्ने गरेको बताए। करको दायरा फराकिलो बनाउन आवश्यक रहेको छ। जसमा कर प्रत्यक्ष रुपमा तिर्ने गर्नु पर्छ, दायरा र क्षेत्र बिस्तार हुँदै जाओस् भन्दै शुभकामना दिदै कर तिर्नको लागि सेवा प्रवाहमा विशेष जोड दिनु पर्ने बताए । जिसस प्रमुख दुर्गा दत्त बोहरा उनले कर शब्द लाई परिमार्जित गरि राजस्व संकलन भन्दा राम्रो हुने, जुन कर भन्दा जबर्जस्त जस्तो हुने बताए। व्यापारीले कर कार्यालयका कर्मचारी देख्दा तर्सित हुने प्रविधि हटाउन्नु पर्ने र राजस्व संकलनमा विशेष जोड दिनु पर्ने बताए। राष्ट्र सेवक कर्मचारीले जनताको सेवाको लागि हो, उनलाई तर्साउनको लागि होइन, १)(१) मिटरको चेकजाँच हुने प्रविधि हट्नु पर्ने यसको समाधान हुनुपर्नेमा विशेष जोड दिनुभयो।प्रमुख कर अधिकृत डम्मरी प्रसाद पराजुली कर प्रणालीमा ल्याएको सुधार अनलाइन आएको हुँदा सहज भएको बताए। कर दातालाई कर शिक्षा दिनु पर्ने विशेष आवश्यक रहेको छ। कर दातालाई कार्यालय समयमा महिनाको दुई दिन कर शिक्षा दिइने गरेको बताए। कर अधिकृत बिजय भुसाल कर्मचारीले गर्नु भएको थियो। ३१ हजार व्यवसायी स्थायी लेखा नम्बर लिनेको संख्या ४६ हजार व्यक्तिगत लेखा नम्बर रहेका छन । आगामी दिनमा महेन्द्रनगर, बेलौरी, झलारीमा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, हार्डबेयर व्यवसायी सहितका सरोकारसंग समन्वय गरेर कर सम्बन्धीत छलफल, अन्तरकृया गर्ने कार्यक्रम गरिनेछ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले देशको पुँजि निर्माणमा करदाता व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकाले व्यवसायीले तिरेको करले सदुपयोग सुनिश्चिता सहितको दिवस मनाउनुपर्ने तर्फ सरकारी पक्ष अग्रसरमा जोडदिएका । नागरिकले भने कर तिर्ने र कर संकलन गर्नेदेखि सबैले ईमान्दारितापुर्वक कर सकलन, सरक्षण उपभोगका जोडदिएका छन । ७मंसिर समापनका दिन अन्तरकृया सहित उत्कृष्ट करदाता र कर्मचारीलाई पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित समाचार

Leave a Reply