आइत, असार ७, २०८३

पत्रकार विवसलाई सहकारी पत्रकारिता पुरस्कार


कञ्चनपुर, कार्तिक ३०कञ्चनपुरका युवा पत्रकार रवि विवसलाई सहकारी पत्रकारिता पुरस्कार ०८१ पाईएको छ । विकल्प दैनिकका पत्रकार विवसलाई कञ्चनपुरको उदयदेव सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार दिएको हो । सहकारी क्षेत्रको बृद्धि विकासका लागि पत्रकार विवसले भूमिका निर्वाह गरेको भन्दै सहकारीले उनलाई नगद ११ हजार प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको छ । शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाको २६औँ बार्षिक साधारण सभामा उनलाई पुरस्कार प्रदान गरिएको छ । उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक गणेश चन्दले हरेक साधारण सभामा एक पत्रकारलाई पुरस्कार दिने कार्यक्रम अनुरुप यस पटक पत्रकार विवसलाई पुरस्कार वितरण गरेको बताए । भीमदत्त नगरका प्रमुख पदम बोगटी, सहकारीका अध्यक्ष नारा जोशी सहितले पत्रकार विवसलाई नगद, प्रमाण पत्र सहित हस्तान्तरण गरेका थिए । विकल्प दैनिकका कार्यकारी सम्पादक विवस झण्डै दुई दशकदेखिपत्रकारिता गर्दै आएका छन । पुरस्कार पाएसंगै खुसीले गदगद भएका पत्रकार विवसले कार्य क्षेत्रमा उत्साह जगाएको बताए ।

सम्बन्धित समाचार

Leave a Reply