बिहि, बैशाख २४, २०८३

भुजेला खोला निकासमा जोड


प्रकास भट्ट, कञ्चनपुर कार्तिक ३० कञ्चनपुरको भुजेला खोला निकासमा स्थानीयले जोड दिएका छन । शुक्रबार भीनपा ११ वडा कार्यालयमा महाकाली नदी र भुजेला खोला व्यवस्थापनका विषयमा भएको छलफलमा स्थानीयले यथाशिघ्र निकासमा जोडदिएका हुन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले बर्षातका बेला भीनपा ११, १२ र १३का हजारौँ जनताले वाढीको सामना गर्नुपर्ने बाध्यता आएको भन्दै यथाशिघ्र समस्या समाधानका लागि सरकार गम्भिर नभएको बताए । ‘महाकाली चार लेन पुल निर्माण ठेकेदारले यस क्षेत्रमा कुनै दायित्व बहन गरेन, ‘उनले भने, ‘काम सकेर ठेकेदार टाप हुन चाहेका छन ।’ अध्यक्ष थापाले भुजेला खोला पनि महाकाली नदी जस्तै भुजेला खोला पनि समानान्तर बगाउनुपर्छ ।’ भीनपा १२का वडाध्यक्ष भुपेन्द्र रावलले महाकाली पुल निर्माणको कन्सलटेन्सीबाट वाढीपीडितलाई क्षतिपूर्ति दिनुपर्ने बताए । भीनपा १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले भुजेला खोला र महाकाली नदी नियन्त्रणका लागि सरोकारवाला निकाय जिम्मेबार नभएको बताए । ‘हाम्रा वाढीपीडित जनता भन्छन, हामीलाई राहात चाहिएन, ‘उनले भने, ‘खोला नियन्त्रण गरिदिनुप¥यो ।’ महाकाली पुल आयोजना र ठेकेदार कम्पनीले हरेक बर्ष डिजायन परिर्वतनको विषय सारेर करोडौँ रकम स्वाहाँ पार्ने काम गरेको बताए । भीनपा १२ का निर्वतमान वडाध्यक्ष कृष्णसिह देउवाले उतिबैले डिजायनमा समस्या भएको बताए । भीनपा १३ निर्वतमान अध्यक्ष लाल बहादुर शाहीले पहिला जनता बचाउनुपर्ने र त्यसपछि मात्रै अन्य सरचना बनाउनुपर्ने बताए । स्थानीय जनक सिहले समेत महाकाली टर्न गर्दा समस्या निम्तिएको बताए । अर्का स्थानीय भोज ठगुन्नाले नदी नालाको निकासको विकल्प नभएको बताए । स्थानीय युवा नरेन्द्र रानाले सरकार विपद् व्यवस्थापनको साटो हरिहर घाटमा ५करोडको योजना ल्याए जनता मार्ने काम गरेको बताए । स्थानीय अगुवा धनन्जय जोशीले विकास भएपनि थप विनास ल्याएको बताए । महाकाली पुल आयोजनाका ईन्जिनियर सन्तोष बोहराले महाकाली र भुजेला खोला एक अर्कासंग टच हुने नगरेरै निकास गराउने काम गर्न अध्ययन भएको बताए । भीमदत्त नगरका इन्जिनियर हिमालय सिह ऐरले पुल डिजायनमा केही विषय छुटन गएकाले थप्नुपर्नेमा जोडदिए । नेपाली काँग्रेस भीमदत्त नगरका सभापति अच्युतराज कलौनीले जनता विपद्मा परे पाटीका तर्फबाट आवश्यक सहयोग गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेल बहादुर रानाले महाकाली र भुजेला खोलाको निकासका लागि आफ्नो तर्फबाट प्रदेश र संघीय सरकारसंग पहल गर्ने बताए । यसैविच भीनपा १३का निर्वतमान वडाध्यक्ष लाल बहादुर शाहीको संयोजकत्वमा महाकाली नदी तथा भुजेला खोला व्यवस्थापन सघर्ष समिति गठन गरिएको छ । सदस्यहरुमा किशन सिह देउवा, जनक बहादुर सिह, शंकर सुनार, भोज बहादुर ठगुन्ना, जानकी पुनमगर, धनन्जय जोशी, कलावती शाहु रहेका छन । उक्त संघर्ष समितिले महाकाली नदी र खोला व्यवस्थापनका लागि पहल गर्ने छ ।

सम्बन्धित समाचार

Leave a Reply