बिहि, जेष्ठ २१, २०८३

दार्चुलामा यात्रुवाहक जिप दुर्घटनामा परी ८ जनाको मृत्यु र ५ जना घाइते


दार्चुला । दार्चुलामा यात्रुवाहक जिप दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालीन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ सवार म १ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजेको समयमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ को बगजेबलामा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नक्तड बस्ने ४५ वर्षीय दिलीप बिष्ट, ४० वर्षीया मिना लेखक, वडा नम्बर ५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय वीरेन्द्र बोहरा, १६ वर्षीय सञ्जीव बोहरा, विजनौर जिल्ला उत्तर प्रदेश भारतका ४५ वर्षीय मोहम्मद सफिर र १८ वर्षीय मोहम्मद बसिम गरी ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिप चालक मालिकार्जुन ८ पस्तीका सुनिल जोशीको टाउकोमा गम्भीर चोट लागेको छ । सोही जिपमा सवार ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी ५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दीप रावल र पिलिभित मारुडण्डा भारतका सोहिन शाह घाइते भएका छन् । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply