बिहि, बैशाख २४, २०८३

उदयदेव बहुउद्देशीय सहकारीको २६ औँ इकाईगत वार्षिक साधारण सभा झलारीमा सम्पन


कञ्चनपुर।उदयदेव बहुउद्देशीय सहकारी संस्था लिमिटेडको २६ औँ इकाईगत वार्षिक साधारण सभा झलारीमा सम्पन्न भएको छ। सहकारी संस्था लिमिटेडको सेवा केन्द्र झलारीको साधारण सभा बिहिबार सम्पन्न भएको हो। उदयदेव बहुउद्देश्य सहकारी संस्थाको स्थापनाको २६ औँ २६ औं इकाईगत वार्षिक साधारण सभा आफ्ना सेवा केन्द्र अन्तर्गत कार्तिक १० गते बाट सुरु भएर बिहिबार कार्तिक २९ गते झलारी सेवा केन्द्रको साधारण सभासम्म पुग्दा सबै सेवा केन्द्रका साधारण सभाहरु सम्पन्न गरिएको छ। कार्तिक १२ गते सेवा केन्द्र दैजी र महेन्द्रनगरको केन्द्रीय कार्यालयमा वार्षिक साधारण सभा हुने संस्थाले जनाएको छ । संस्थाकी अध्यक्ष नारा जोशीको अध्यक्षतामा झलारीमा सम्पन्न भएको वार्षिक साधारण सभाको प्रमुख अतिथि शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा रहनुभएको थियो। प्रमुख अतिथि महराले बहुउद्देश्य सहकारी संस्थाले यस क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै प्रशंसा समेत गर्नुभयो। शुक्लाफाँटा नगर प्रमुख महराले सहकारीसँग नगरपालिकाले मिलेर गर्न सकिने कामहरु गर्न आफू तयार रहेको बताउनुभयो । संस्थाले २०८१ अषाढ मसान्तसम्ममा २० करोड ५८ लाख ६९ हजार एक सय कुल सेयर पुँजी भएको बताएको छ। सदस्यहरूको संख्यालाई वृद्धि गर्दै आगामी दुई वर्षमा उक्त पुँजीलाई २५ करोड पुर्याउने लक्ष्य लिएको छ । संस्थाले हालसम्ममा १४ अर्ब ४४ करोड ९७ लाख ५४ हजार निक्षेप सङ्कलन गरी १२ अर्ब ६६ करोड ९० लाख ४० हजार बचत फिर्ता गरेको र १ अर्ब ७८ करोड ७ लाख रुपैयाँ संस्थाको दायित्वमा रहेको बताएको छ । वार्षिक साधारण सभामा अध्यक्षले प्रतिवेदन सार्वजनिक गर्दै १ अर्ब ५१ करोड ९७ लाख ८९ हजार रुपैयाँ ऋण रकमका रूपमा रहेको बताएको छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा कुल २९ करोड५४ लाख२९ हजार आम्दानी पछि खुद नाफाका रूपमा ७ करोड१७ लाख ९८ हजार रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। संस्थाले कृषि प्रवर्धन केन्द्र, कस्टम हायरिङ सेन्टर, बिउ प्रसोधन केन्द्र, राइस मिल लगायतका उत्पादनमूलक क्षेत्रहरूमा लगानी गरेको छ। संस्थाले आफ्ना सदस्यहरूलाई छिटो छरितो स्तरीय तथा प्रभावकारी सेवा प्रवाह गर्ने प्रविधिमैत्री बनाउँदै लैजाने कर्जा लगानी स्वीकृत भए नभएको तीन दिनभित्र जानकारी दिने लगायतका विभिन्न रणनीतिहरु पनि सार्वजनिक गरेको छ। उदयदेव बहुद्देश्य सहकारी संस्था लिमिटेडले तेरा बुहारी २०८१ असार मसान्त सम्ममा २ अर्ब ४६ करोड ३१ लाख ९७ हजार२५२ रुपैयाँ बराबरको प्रस्तुत गरेको छ । कृषि व्यापार व्यवसाय लगायतका विभिन्न क्षेत्रमा सहकारी संस्थाले काम गरिरहेको राज भट्टले बताउनुभयो। झलारी शाखा प्रबन्धक भट्टका अनुसार उदयदेव बहुउद्देश्य सहकारी संस्था लिमिटेडले कञ्चनपुरको कृष्णपुर, महेन्द्रनगर, झलारी, दैजी, बेलौरी, अत्तरिया र डडेलधुरा, बैतडीमा समेत शाखा विस्तार गरी कारोबार गरिरहेको छ । झलारीमा भएको कार्यक्रममा सृजनशील सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष शिवराज भट्ट, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक झलक प्रसाद शर्मा, संस्थाका लेखा समिति संयोजक चित्राङ्ग थापा, संस्थाका कार्यकारी प्रमुख गणेशबहादुर चन्द लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा सेयरधनी र बचतकर्ताहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

Leave a Reply