बिहि, बैशाख २४, २०८३

पुनर्वास फुटबल प्रतियोगितामा लफडा झिलमिलाका खेलाडीलाई फिल्डमै सिद्धार्थका खेलाडीद्वारा कुटपिट


कञ्चनपुर, कार्तिक २९ कञ्चनपुरको पुनर्वासमा भईरहेको फुटबल प्रतियोगितामा लफडा मच्चिएको छ ।

त्रिभुवन युवा क्लब(टिवाईसी)ले पुनर्वास ६ ङ गाँउमा आयोजना गरेको क्षेत्र नम्बर १ स्तरिय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता बिहीबार लफडा मच्चिाएको हो । पहिलो सेमिफाईनल प्रतियोगिता खेलमैदानमै दादागिरीशैलीमा खेलाडीमाथि कुटपिट भएको छ । सिद्धार्थ युवा क्लबका खेलाडी बिमल तामाङ्ग, सलमान तामाङ्ग र अर्पण तामाङ्गले झिलमिला युवा समाज बेलडाँडीका खेलाडी करन तामाङलाई लात्ता प्रहार गरेर कुटपिट गरेका छन । खेलकुञ्जडटकमले समेत समेत प्रत्यक्ष प्रसारण गरेको भिडियोमा समेत दुवै टिमविच दुई खेलाडी लडेपछि सिद्धार्थ युवा क्लबका खेलाडीले झिलमिला समाजका खेलाडी पाललाई पछाडीबाट लात्ता प्रहार गरेर कुटपिट गरेका थिए । यो खेलाडीमा हुनुपर्ने आधारभूत गुण विपरितको गतिबिधी भएको देखिन्छ । निर्धारित समय सकिएपछि थप इन्जुरी समयमा भईरहेको प्रतियोगितामा सिद्धार्थका खेलाडीले झिलमिलाका खेलाडीमाथि कुटपिट गरेपछि खेल अवरुद्ध भएको थियो । झिलमिलाले सिद्धार्थलाई ३–२गोलको अन्तरले पछि पारेको थियो । झिलमिलाका खेलाडी कुटिएपछि क्लबले बिमल, सलमान र अर्पण बिरुद्धमा ई्रप्रका त्रिभुवनबस्तीमा कार्बाहीका लागि उजुरी दिएको छ । सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकास तामाङ्गले कुटपिट गर्ने खेलाडीको नाम काटेको भएपनि खेलाएर उधुम मच्चाएको बताए । नहुने पर्ने घटना घटेपनि दुखत भएको उनको भनाई छ । त्रिभुवन युवा क्लब(टिवाईसी)का सचिव भरत बोहराले दुखत घटना भएकाले प्रहरीमा उजुरी दिएको बताए । ‘यो खेल र खेलाडीका लागि दुखत घटना हो, खेल चलिरहेका बेला खेलाडीमाथि हातपात हुनु निन्दनिय छ, ‘उनले भने, ‘यस्ता अनुशासन बिहिन खेलाडीलाई सम्बन्धीत क्लबदेखि सरकारी निकायले कार्बाही गर्नुपर्छ ।’ कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्दले खेल चलिरहेकै बेला फिल्डमै प्रतिस्पर्धी खेलाडीबाट खेलाडी कुटिनु अन्त्यन्तै दुखत भएको बताए । ‘यो विषयमा रेफ्रि स्वयमले निर्णय लिनुपर्छ, सम्बन्धीत क्लबबाट कार्बाहीको सिफारिस आए संघले पनि यस्ता अनुशासनहिन खेलाडीलाई कार्बाही हुन्छ, ‘उनले भने, ‘खेल क्षेत्रमा यस्ता दुखत विषय हुन दुखत हो ।’ ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज महेश बिक्रम शाहीले उजुरीका आधारमा घटनाको छानबिन गरेर कार्बाही गरिने बताए । केही दर्शकले हार्न लागेको अवस्थामा सिद्धार्थको टिमका खेलाडीले आक्र्रोसमा कुटपिट गरेको बताईरहेका थिए । यसरी बिना हक खेलाडी कुटपिट गर्ने माथि कानुनी कार्बाही नभए अन्य खेलाडीले समेत फुटबल नखेल्ने चेतावनी दिएका छन ।

सम्बन्धित समाचार

Leave a Reply