बिहि, बैशाख २४, २०८३

काँग्रेस कार्यकर्ता रदिप पाल लेख्छन, ‘भीमदत्त नगरका मेयर बोगटी माओवादी विद्यार्थीको बृद्धिले चल्छन


कञ्चनपुर, कार्तिक २९ नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता रदिप पाल(आरक्षपीडित)ले आफ्नै पाटीका जिल्ला सभापति बिरुद्धमा अभिव्यक्ति दिएका छन । काँग्रेस बेदकोट नगर सदस्य समेत रहेका पालले भीमदत्त नगरका मेयर बोगटी माओवादी विद्यार्थीको बृद्धिले चल्ने दावि गरेका छन । बिहीबार समाजिक सञ्जाल फेसबुक मार्फत भीमदत्त नगरको मेयर यति भ्रष्ट रहेछन, कि आफ्नो बृद्धि भन्दा माओवादीको विद्यार्थीको बुद्धिले चल्ने रहेछन, भन्दै हे भगवान भनेर भगवान पुकारेका छन । काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका भीमदत्त नगरका मेयर बोगटी पाटीको भन्दा फरक दल माओवादी युवा विद्यार्थीको योजना अनुरुप चलिरहेको भन्दै उनको आक्र्रोस थियो । काँग्रेस नेता पाल केशव आश्रम सदस्य रहेको र उक्त आश्रम नगर विकास समितिको जमिनमा भएकाले अवैध भन्दै माओवादी सहित युवा विद्यार्थीको दवावमा पालिकाले भत्काएपछि उनी पालिका बिरुद्धमा उत्रिएका छन । पालको उक्त धारणालाई कतिपयले साच्चिकै भीमदत्त नगरका मेयर बोगटी माओवादी इसारामा चलिरहेको भनिरहेका छन, भने कतिपयले पाटी सभापति बिरुद्धमा आक्र्रोस भनिरहेका छन । माओवादीले अघि सारेको सुशासनको एजेण्डामा मेयर बोगटी चलेर ठिकै गरेको नागरिकको बुझाई छ ।

सम्बन्धित समाचार

Leave a Reply