बिहि, बैशाख २४, २०८३

स्कुल बसको ठक्करले विद्यार्थी अनमोल मृत्यु प्रकरण ः तीनदिनपछि महाकाली नदीमा अन्त्येष्टी


कञ्चनपुर, २९ कार्तिक आफ्नै स्कुल बसको ठक्करले मृत्यु भएका विद्यार्थी अनमोल कुँवरको अन्त्येष्टी गरिएको छ । बिहीबार महाकाली नदीमा मृतक बालकको अन्त्येष्टी गरिएको परिवारजनले जनाएको छ । मृतक अनमोलका मामा शेर बहादुर विष्टले धार्मिक परम्परा अनुरुप बालकको अन्त्येष्टी गरिएको बताए । आफै अध्ययनरत विद्यालयको बसको ठक्करले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ बर्षिया बालक अनमोल कुँवरको बसको ठक्करले मृत्यु भएको थियो । विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ बंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुलको ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालयका बालक कुँवरको मृत्यु भएको थियो । कुँवर वाणीबंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए । कोपिला गुमाएपछि कुँवर परिवारमा बज्रपात मच्चिएको छ, भने मामा घर विष्ट परिवारमा सन्नटा छाएको छ । मंगलबार बालकका आफन्त एव अन्य विद्यार्थीले विद्यालय पदाधिकारी, प्रशासन जिम्मेबार नभएको भन्दै आक्र्रोसित स्थानीयले विद्यालय घेराउ गरेर विद्यालयमा आगजनी एव आन्दोलन गरेका थिए । घटनाको विषयलाई लिएर आगजनी एव अराजक गतिबिधी गरिएको भन्दै भत्र्सना समेत गरिएको छ । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply