शुक्र, जेष्ठ २२, २०८३

देउडा गायक महेन्द्र राम पार्की र लक्ष्मी नेपालीको आवाज “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक


पवन औजी/ महेन्द्रनगर । देउडा गायक महेन्द्र राम पार्कीको देउडा गीत “सुनकेसरी फुल” बोलको गीत सार्वजनिक गरिएको छ् ।

मंगलबार गायिका लक्ष्मि नेपाली र गायक पार्कीको आवाजमा पुष्प जङ्ग कुँवर नामक युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

बिक्रम ब. कुँवरको शब्द र पुष्प कुँवरको शब्दमा रहेको उक्त गीतमा पुष्प कुँवर, चर्चित मोडेल मिस पबि, दिपेन्द्र बोकटी, आस्ना भण्डारीले अभिनय गरेका छन् ।

हेमन्त शिशिरको अरेन्ज , मिक्सिङ्ग रहेको उक्त गीत डि म्यूजिक स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो भने, गायक महेन्द्र राम पार्कीले अन्य गीतहरूलाई जस्तै दर्शक श्रोताले यस गीतलाई पनि माया गर्नेमा बिश्वस्त रहेका बताएका छन छन् ।

पछिल्लो समय देउडा गीत संगीतमा गायक पार्कीले एक पछि अर्को गर्दै मर्म स्पर्शी देउडा गीत ल्याएर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका हुन । यस्तै देउडा गायिका लक्ष्मि नेपालीले समेत पछिल्लो समय देउडा क्षेत्रमा आफ्नो सुमधुर आवाजले बेग्लै पहिचान बनाउँदै आइरहेकी छिन् ।

सम्बन्धित समाचार

Leave a Reply