२०८३ कार्तिक ११, बुधवार

बंकको डाईमण्ड बोडिङ्ग स्कुल बसको ठक्करले आफ्नै विद्यार्थीको मृत्यु


कञ्चनपुर, कार्तिक २७ नरेन्द्र महरा कञ्चनपुर, २७ कार्तिक आफु अध्ययनरत विद्यालयको बसको ठक्करले कञ्चनपुरमा एक बालक(विद्यार्थी)को मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ बर्षिया बालक अनमोल कुँवरको आफै अध्ययनरत विद्यालयको बसको ठक्करले मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ बाणिबंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुल ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालय कक्षा २ मा अध्ययनरत बालक कुँवरको मृत्यु भएको छ । सोमबार साँझ कुँवर सहितका विद्यार्थी ओसारेर बस अघि बढ्दा ठक्करले कुँवर घाईते भएका थिए । उनको भारतको ईभिए अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । कुँवर वाणीबंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका छन । आफन्तले चरम लार्पबाही मापदण्ड विपरित विद्यालय बस संचालन भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । मृतकका आफन्त एव स्थानीयले विद्यालय घेराउ गर्दै आन्दोलन गरिरहेका छन । विद्यालय प्रशासन जिम्मेबार नभएको भन्दै आक्र्रोसित स्थानीयले विद्यालय घेराउ गरेर आन्दोलन गरिरहेका छन । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply