बिहि, बैशाख २४, २०८३

वडाकप विजेता टिमलाई बेलडाँडी १ वडा कार्यालयद्वारा सम्मान


कञ्चनपुर, कार्तिक २६ गत साता जिल्ला सदरमुकाम महेन्द्रनगरमा सम्पन्न भएको वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी जितेको बेलडाँडी १को फुटबल टिमलाई सम्मान गरिएको छ । बेलडाँडी गाँउपालिका १नम्बर वडाले सोमबार एक कार्यक्रमका विच वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी जितेको बेलडाँडी १को फुटबल टिमलाई सम्मान गरिएको हो । बेलडाँडी १का वडाध्यक्ष गज बहादुर विष्टले खेलाडीको उत्साह, हौसला प्रदान र भावि दिनमा फुटबललको बृद्धि विकासका लागि सम्मान गरिएको बताए । खेलाडीलाई दोसल्ला टिका लगाएर सम्मान गरिएको छ । गोयर गोर्खाज स्र्पोट्स सर्कलले आयोजना गरेको वडा स्तरिय फुटबल प्रतियोगितामा बेलडाँडी १ले बेलडाँडी ४लाई हराएर उपाधी चुमेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply