शुक्र, जेष्ठ २२, २०८३

गणेश सामुदायिक वनको अध्यक्षमा भण्डारी निर्वाचित 


कञ्चनपुर, कार्तिक २६ कञ्चनपुरको बेदकोट नगरपालिका ७ मुसेपानीमा रहेको गणेश सामुदायिक वनको अध्यक्षमा किशन सिह भण्डारी भारीमतका साथ निर्वाचित भएका छन । गणेश सामुदायिक वनको २४ औँ साधारणसभाबाट नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा भण्डारीले आफ्ना निकटतमप्रतिद्वन्द्वी दिलिप सिह भाट र देवीलाल डगौरालाई भारीमतका साथ पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । भण्डारीले महरालाई ७सय ७८ र डगौरालाई १हजार ११मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । भण्डारीले १ हजार १सय ३, महराले ३सय २५ र डगौराले ९२मत पाएका थिए । ४२मत बदर भएका थिए । निर्वाचन समितिका संयोजक नवराज पन्तले अध्यक्षमा मात्रै निर्वाचन भएको अन्य बाँकी पदहरुमा निर्बिरोध पदाधिकारी सदस्य निर्वाचित भएको बताए । निर्वाचन समिति संयोजक पन्तका अनुसार उपाध्यक्ष मञ्जु विक, सचिव निर्मला कुमार भट्ट(जोशी), कोषाध्यक्ष रामसिह धामी, सह सचिव सुरेश सिह साउद, सदस्य भीमराज भट्ट, राजेन्द्र प्रशाद बडू, अतिा डगौरा, शारदा शर्मा, अञ्जु डगौरा, रमेश पाण्डेय रहेका छन । यो संगै सरक्षणकर्मी भण्डारी सामुदायिक वनको तेस्रो कार्यकालका लागि नेतृत्वमा पुगेका हुन । यस अघि अध्यक्ष हुँदा उनले काठ तस्करसंग भिडेर वन पर्यावरण सरक्षणदेखि उपभोक्ताहरुलाई सहज सुविधायुक्त रुपमा घाँसदाउरा एव काठ वितरण गरेर प्रसंसा कमाएका थिए । चुरे र फेदमा रहेको उक्त सामुदायिक वन सरक्षणका लागि अध्यक्ष किशन भण्डारी नेतृत्वमा उदाहरणीय काम भएपछि उनलाई फेरी फेरी उपभोक्ता(जनता)ले पत्याईरहेका छन । गणेश सामुदायिक वनको अध्यक्षमा चयन भएका किशन सिह भण्डारीले जनताको अपेक्षा अनुरुप वन पर्यावरण सरक्षण गर्दै उपभोक्तालाई सुविधा दिलाउने प्रतिज्ञा गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply