आइत, असार ७, २०८३

प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न


लक्ष्मी बोहरा थापा, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ८ मा अवस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ ।

शनिबारदेखि शुरु भएको जात्रा आईतबार पशुबलिसहित सम्पन्न भएको हो । हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन त्रिपुरासुन्दरीमा ठूलो जात्रा लाग्ने गर्दछ ।

यो जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए।

जात्रामा ५९ राँगा र त्यत्तिकै संख्यामा बोकाको बलि दिइएको छ। परम्परा अनुसार बलि दिने गरिएको छ । त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा शान्त र भव्य रुपमा सम्पन्न भएको जनाएको छ ।

जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न मन्दिर सेवा समितिले स्वयंसेवक खटाएको थियो भने नेपालप्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएका थिए ।जात्राकै लागि दशरथचन्द नगरपालिकाले आईतबार नगरभित्र सार्वजनिक बिदा समेत दिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply