शुक्र, जेष्ठ २२, २०८३

लालझाडीका सितारामको उखु हात्तीको बथानले सखाप पारिदियो


नरेश राना, कञ्चनपुर कार्तिक २० कञ्चनपुरको लालझाडी गाँउमा जंगली हात्तीको बथान समुहले विगत एक महिनादेखि निरन्तर मानिसदेखि भौतिक, अन्नबालीमा क्षति पु¥याउनेक्रम रोकिएको छैन । हात्तीको बथानले लालझाडी गाँउपालिका ४ पर्सियाका सिताराम रानाको दुई विगाहको उखु समेत सखाप पारिदिएको छ । बेच्नका लागि तयार पारिएको नगदेबाली उखु हात्तीले सखाप पारिदिएपछि सिताराम संकटमा परेका छन । किसान सिताराम रानाले उखु बेचेरै घरखर्चदेखिका कामकाज गर्दै आएका थिए । यसरी रातारात उखुबारी नै सखाप पारिदिएपछि उनले महिनौँदेखि गाँउमा हात्तीले मानविय भौतिक क्षति गर्दा समेत पालिका सरकार चुपचाप बसेको भन्दै दुखेसो पोखेका छन ।

सम्बन्धित समाचार

Leave a Reply