शुक्र, जेष्ठ २२, २०८३

बेलडाँडी उपप्रमुख शान्ति नाथको सचिवालयद्वारा ग्रिनपार्कका संचालक गिरीलाई सम्मान


काठमाडौं कार्तिक १९ कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा निजी लगानीमा ग्रिनपार्क संचालन गरेका प्रेमराज गिरीलाई सम्मान गरिएको छ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथको सचिवालयले लिटिल ग्रिनपार्कका संचालक गिरीलाई सम्मान गरेको हो।

उपप्रमुख नाथको सचिवालयले दशैँ, तिहार, छठ एव नेपाल सम्बदको अवसरमा आयोजित श्ुभकामना आदान प्रदान कार्यक्रममा सम्मान गरिएको जनाएको छ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले गाँउको पर्यावरण पर्यटनमा प्रेमराज गिरीको भूमिका सरानिय भएको निजी क्षेत्रको उत्साहका लागि सम्मान गरिएको छ । गिरीलाई खादा,फुलमाला अबिर लगाएर सम्मान गरिएको छ ।

सम्मान पाएका गिरीले स्थानीय सरकारबाट समेत ग्रिनपार्कप्रति चासो देखाएको भन्दै आभार प्रकट गरेका छन । गिरी परिवारले निजी लगानीमा गाँउमै पार्क बनाएपछि स्थानीय पर्यटन प्रर्बद्धनमा टेवा पुगेको छ । बेलडाँडी गाँउपालिका २ रौलेश्वटोल स्थित लिटिल ग्रिनपार्कमै भएको कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारका सत्ताधारी एमाले, काँग्रेस, नेकपा एकीकृत समाजवादी सहितका दलका नेता कार्यकर्ताहरुको सभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply