कञ्चनपुर।कञ्चनपुरका समाजिक अगुवा एव पुर्व माओवादी नेता कृष्णदत्त जोशी बोक्सरले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन । बोक्सरले गृहमन्त्री लेखकलाई काठमाण्डौँ मन्त्रालयमै भेटेर जिल्लाका दर्जनौँ योजनाका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन । गत ०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट भीमदत्त नगरको उपमेयरका उम्मेदवार समेत रहेका बोक्सरले जिल्लाको विकास निर्माणका योजनामा ध्यानाकर्षण गराउँदैविकास निर्माणमा ध्यान दिन आग्रह गरेका हुन ।
कोरोना महामारीका बेला महाकाली अस्पतालको नेतृत्वमा रहेका बोक्सरले महाकाली अस्पतालको थप बृद्धि विकासदेखि मझगाँउ विमानस्थल निर्माण, आरक्षपीडितको समस्या समाधान, ग्डाचौकी सीमामा नेपालीकाले भोक्दै आएका समस्या समाधान, सुप विश्वविद्यालयको बृद्धि विकास, महाकाली नदीमा परमधाम निर्माण, महाकाली, भुजेला, चौधर, झर्नाखोला दोदा नदीको कटानी नियन्त्रण,छाडा पशु चौपाया नियन्त्रण, निर्मला हत्याकाण्ड छानबिन, लगायतका थुप्रै विषयमा गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका छन । समग्र कञ्चनपुरको शान्ति सुरक्षा विकास निर्माण र अन्यायमा परेका जनतालाई न्याय दिन आग्रह गरेका छन ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा भीनपा १४ का वडाध्यक्ष जोशी र माओवादी नेता पूर्णानन्द जोशी सहितका माओवादी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । गृहमन्त्री लेखकले बोक्सरले अघि सारेका एजेण्डामा आफु र सरकार लागि परेको बताएका छन ।

