कञ्चनपुर, कार्तिक ७ राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरले पाटी सभापति रवि लामिछानेलाई चरम राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै त्यसको बिरोधमा निरन्तर आन्दोलन जारी राखेको छ । निलो क्रान्ति भन्दै शनिबारदेखि शुरुवात गरिएको आन्दोलन बुधबार पनि गरेका छन । रास्वपा कञ्चनपुरका युवा नेता एव भीमदत्त नगरपालिका सभापति अम्बादत्त जोशीले सभापति लामिछानेमाथिको राजनैतिक प्रतिशोध बिरुद्धमा पाटीले बुधबारपनि जिल्लामा आन्दोलन जारी राखेको बताए । उनका अनुसार महेन्द्रंनगरदेखि दोधाराचाँदनीसम्म मोटरसाईकल ¥याली निकालिएको छ । सरकार बिरुद्धमा नाराबाजी गरेका रास्वपा नेता कार्यकर्ताहरुले कञ्चनपुरकी निर्मला हत्याकाण्डका हत्यारा पत्ता लगाउन नसकेको, विपिन जोशीको रिहाई गर्न नसकेको, वाढीपीडितलाई राहत दिन नसकेको, वाढीबाट क्षतिग्रस्थ सरचना पुर्ननिर्माण नगरेको र आफ्ना भ्रष्टाचारदेखि बाल श्रमशोषण गर्ने नेता कार्यकर्ता, सांसदमन्त्रीलाई सरक्षण गर्ने अरुमाथि धरकपट गर्दै भ्रष्टाचारको बिजारोपण बिरुद्धमा आन्दोलन भएको बताएका छन । सरकारको नेतृत्व गरिरहेको एमालेले भ्रष्टाचारदेखि सरकारी जमिन हडपेका व्यवसायी मिन बहादुर गुरुङ्गबाट अबौँ पर्ने जमिनदेखि पाटी कार्यालय बनाईमाग्ने एमाले भ्रष्टाचारको अर्को रुप भएको दावि गर्दै आएका छन ।

