कञ्चनपुर, कार्तिक ६ कञ्चनपुरका स्वदेशी माछा उत्पादन किसानले तस्करीका माछा नियन्त्रण गर्न माग अघि सारेका छन । आइतबार माछा उत्पादक किसानले भारतबाट खुलेयाम आउने चोरी तस्करीका माछा नियन्त्रणको माग अघि सारेर भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन । माछा उत्पादक किसान दशरथ धानुकले भारतबाट आउने माछाले स्वदेश माछा उत्पादक किसान मारमा परेको बताए । ‘हामीले उत्पादन गरेको माछा भन्दा भारतीय माछा बजारमा ल्याएर स्वास्थ्यका लागि हानिकारक माछा बिक्रि वितरण गर्दै आएका छन, ‘उनले भने, ‘भारतीय माछा रोकेर अब स्वदेश माछा प्रर्बद्धन गर्नुपर्ने देखिन्छ ।’ स्थानीय सरकार सहितका सरोकारवालाले बजार अनुगमन गर्दै अवैध माछाको कारोबार बन्द गर्नुपर्ने बताएका छन । भीमदत्त नगरका मेयर पदम बोगटीले स्वदेशी किसानलाई प्रर्बद्धनका लागि पालिकाबाट आवश्यक पहल अघि बढाईने बताए ।

