कञ्चनपुर । सिद्धनाथ बिज्ञान क्याम्पसले
आज विश्व हात्ती दिवस मनाएको छ।
विश्व हात्ती दिवस,हात्तीको महत्व, संरक्षण र रक्षा गर्ने उद्देश्यले क्यानेडियन फिल्म निर्माता प्याट्रिका सिम्स र एलिफेन्ट रिइन्ट्रडक्सन फाउन्डेशनको संयुक्त प्रयासबाट यो दिवस सन् २०१२ देखि मनाउन थालिएको हो ।
यसै उपलक्ष्यमा आज सिद्धनाथ बिज्ञान क्याम्पसमा प्राणीशास्त्र विभाग, सिद्धनाथ बिज्ञान क्याम्पसको आयोजनामा,शुक्लाफाँट राष्ट्रिय निकुञ्ज,मध्यवती क्षेत्र व्यवस्थापन समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, एसएमएससी आईटी क्लब (SNSC IT club), माईक्रोबायोलोजी, विद्यार्थी समाज(MTSA), एसएमएससी इको क्लब(SNSC Eco club) को सहकार्यमा,रुर्फर्ड फाउन्डेसनको सहयोगमा विश्व हात्ती दिवस मनाएको छ ।
विश्व हात्ती दिवस २०२४ को अवसरमा शिक्षक विद्यार्थीहरूलाई हात्तीको बारेमा जानकारी दिन, विश्वमा हात्तीको अवस्था थाहा पाउन,मानव र हात्तीबीचको द्वन्द, चुनौती न्यूनीकरणबारेमा जानकारी र हात्तीलाई कसरी संरक्षण गर्ने र कसरी सहभागिता हुने भन्ने उद्देश्यले उक्त विश्व हात्ती दिवस मनाएको उप प्रधानाध्यापक बल राम अवस्थीले जानकारी दिएका थिए।
विश्वमा अहिले अफ्रिकन र एसियन प्रजातिका हात्ती मात्र पाइन्छन् जसमा हजारौं हात्तीको संख्या थिए तर पछिल्लो समयमा हात्तीको संख्या घट्दै जाँदा खेरी हात्ती दिवस मनाउन थालेको अवस्थीले बताए ।
अवस्थीले कार्यक्रममा हात्तीको संरक्षण गर्नु पर्छ भन्दै हात्तीको इतिहासको बारेमा विद्यार्थीलाई प्रसिक्षण दिएका थिए ।
यसै गरी कार्यक्रममा बोल्दै एनटीएनसीका प्रमुख लक्ष्मी राज जोशीले पनी हात्तीको वर्तमान अवस्था र चुनौतीको बारेमा प्रसिक्षण दिएका थिए । जसमा उनले अहिले नेपालमा सरकारी हात्ती ९९ र निजी हात्ती ७७ गरी जम्मा १७६ हात्तीको संख्या रहेको बताए ।
उनले, वन्यजन्तु वा हात्ती प्राकृतिक र मानवीय कारणले लोभ हुने गरेको छ,विश्वमा वन्यजन्तुको संख्या घट्दै जानुमा चोरी शिकारी र बासस्थानको विनाश मुख्य कारण हो । पछिल्लो समय नेपालमा हात्ती र मानवबीच पनि द्वन्द्वका समस्याहरु निम्तिन थालेका बताए ।
उनले भने, हात्ती गाउँ,खेत बारीमा पस्नुको मुख्यकारण हात्ती हिँड्ने जैविक मार्गलाई विनाश र वनजङ्गल फडानीको कारणले मानव र हात्ती बीच द्वन्द्व भएको बताए ।
यसै गरी कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज एेरले पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको बताए ।
उनले भने,जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा हात्तीको प्रयोग हुँदै आएको छ,वन्यजन्तु वा हात्ती कुनै पनि जनावरले मानिसलाई त्यसै प्रहार नगर्ने भएकाले उनीहरूले वन्यजन्तु हात्तीलाई लखेट्ने, कुटपिट गर्ने, घोच्ने, दुःख दिने तथा विशेषगरी बिच्क्याउने काम गर्दा हात्ती बढी आक्रामक हुने गरेको र यसबाट मानवीय क्षति बढेको एेरको भनाई रहेको छ।
यसै गरी उक्त कार्यक्रममा सहभागी भएका शिक्षक विद्यार्थीहरूले विश्व हात्ती दिवसको अवसरमा हात्तीको इतिहास देखि हात्तीको संरक्षण र हात्तीको आक्रमण बाट बाँच्ने उपाय लगायतका धेरै कुराको ज्ञान हासिल भएको बताए ।

