बिहि, जेष्ठ २१, २०८३

गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण


धन सिंह धामी कञ्चनपुर ।कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक वडाले सुत्केरी पोषण खाद्य सामग्री वितरण गरेको छ । आईतबार वडा नं.०६ का कार्यवाहक अध्यक्ष देवकी जोशीद्धारा १५ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरीएको हो । गर्भवती तथा बालबालिकाहरूका लागि पोषण कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी अवस्थामा रहेका स्थानीय महिलालाई पोषण सामग्री वितरण गरिएको वडा अध्यक्ष जोशीले बताउनुभयो। पोषण सामग्री अन्तर्गत हर्लिक्स, ओखर, घिउ, काजु, बदाम र ग्लुकोज लगायतका पोषण सामग्री वितरण गरिएको उहाँले बताउनुभयो।उक्त कार्यक्रममा भीमदतत्त –६ का कार्यवाहल अध्यक्ष देवकी जोशीको सभापतित्व रहेको थियो भने भीमदत्तका नगर प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्य रहेको थियो।  यसैगरी प्रमुख अतिथि लेखकले भीमदत्त नगरमा पहिलो पटक महिला तथा बाल स्याहार कार्यक्रम सञ्चालन गरेकोमा आयोजक वडालाई धन्यवाद दिदै यस्ता कार्यक्रम सबै वडाहरुमा सञ्चालन गर्नु पर्ने र आगामी दिनमा सबै वडा संग सहकार्य गरी कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका छन भने कावा अध्यक्ष जोशीले यस्तो कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन ।

सम्बन्धित समाचार

Leave a Reply