शुक्र, जेष्ठ २२, २०८३

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ७० प्रतिशत विद्यार्थी उत्तीर्ण


काठमाण्डौ । कक्षा १२ को ग्रेडवृद्धि ( पूरक ) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।बिज्ञापनप्रकाशित नतिजाअनुसार ७० दशमलव ६ प्रतिशत अर्थात् ८६ हजार दुई सय ४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । एक लाख २२ हजार एक सय ७१ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिएका थिए । तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरेको र तीन जनाको परीक्षाफल स्थगित गरेको बोर्डले जनाएको छ ।प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले सात दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ । पूरक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्न चाहने परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

सम्बन्धित समाचार

Leave a Reply