बिहि, जेष्ठ २१, २०८३

नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता: आज तीन चरणका खेल हुने


महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका आज दाेस्रो नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु हुने भएका छन् । शनिबारबाट वेदकोट नगरपालिका–८, गैलनदीमा सुरु प्रतियोगिताको आइतबार पनि नेकाेस अन्तरगतमा खेल हुने आयोजकले जनाएकाे छ । बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन भएका छन् । नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ ।यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६५ जना खेलाडी सहभागिता रहेको छ । शनिबार यस प्रतियाेगिताका दुई चरणका खेल सम्पन्न भएका छन्। नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेकाे छ।

सम्बन्धित समाचार

Leave a Reply