बिहि, जेष्ठ २१, २०८३

पिल्लरीफाँटा गाँउ रुखमा चढेको १८ किलोको अजिङगर फेला


कञ्चनपुर, ३ कार्तिक कञ्चनपुरको एक चुरे फेदको गाँउ रुखमा चढेको ठुलो अजिङगर फेला परेको छ । शनिबार शुक्लाफाँटा नगरपालिका ८ पिल्लपरीफाँटाबाट १८ किलो, १२ फिटको अजिङगर फेला परेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरले अहिलेसम्म फेला परेका अजिङगर मध्ये उक्त ठुलो अजिङगर फेला परेको छ । डिभिजन वन कार्यालय कञ्चनपुर सुरक्षा पोष्टका इन्चार्ज जमदार अर्जुन सिह थापा नेतृत्वको टोलीले पिल्लपरीफाँटाका स्थानीय तिलक जप्रेलको खेतबारीबाट फेला पारेको अजिङगरको उद्दार गरेको छ । ‘मेरो नेतृत्वमा डिभिजन वन कार्यालय कञ्चनपुरको टोलीले अहिलेसम्म ११ किलोको अजिङगर फेला पारेका थियौँ, ‘उनले भने, ‘बषौँदेखि सयौँ अजिङरको उद्दार गरियो, यो त सबैभन्दा ठुलो रहेछ ।’ डिभिजन वनका जमदार थापा नेतृत्वमा जिल्लाका विभिन्न गाँउबस्तीमा भेटिएका अजिङगर उद्दार गर्दै वनमा छाड्र्दै आएका छन । गाँउबाट उद्दार गरिएको अजिङगरलाई डिभिजन वन कार्यालय कञ्चनपुरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई बुझाएको छ । निकुञ्जलाई बुझाएको उक्त अजिङगरलाई निकुञ्जकै वनमा छाडिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply