कञ्चनपुर ।कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी मा टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
बेलडाँडी स्थित बेलडाँडी युवा समाजले बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा मा शुभ दिपावलीको पावन अवसरमा बेलडाँडी युवा समाजको आयोजनामा यहि कार्तिक ०८ गते देखी हुन गई रहेको दोस्रो संस्करण T-२० बेलडाँडी क्रिकेट मेला प्रतियोगिता हुन लागेको अध्यक्ष दिनेश राज भट्टले जानकारी दिनुभयो ।
बेलडाँडी गाउँपालिका वडा नम्बर १ स्थित अल स्टार,मल्टिस्टार र वार्ड न. २ स्थित रौलेश्वर माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
बेलडाँडीमा खुल्ला सिमाना भएकाले युवाहरूलाई लागु औषधबाट मुक्त गराई खेल क्षेत्रमा आकर्षित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले पुरस्कार स्वरूप नगद ५५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले २५ हजार ५ सय २५ रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने आयोजकले जनाएको छ ।
बेलडाँडी गाउँपालिका र बेलडाँडी खेलकुद समिति को संरक्षकत्वमा बेलडाँडी युवा समाजले आयोजना गर्ने उक्त प्रतियोगितामा वडा नम्बर २ को कार्यालयले सह आयोजक को भूमिका निर्वाह गर्ने उपाध्यक्ष उमेश राज जोशी ले बताउनु भयो ।
बेलडाँडी युवा समाजले दोस्रो पटक टी-२० बेलडाँडी क्रिकेट मेला आयोजना गर्ने तयारी गरेको हो ।
बेलडाँडी युवा समाजका सह- सचिव /प्रतियोगिता संयोजक अमृत शाही ले टिम दर्ताका लागि रु. ५ हजार ५ सय शुल्क लाग्ने र टिम दर्ता जारी रहेको बताउनु भएको छ ।
टिम दर्ता मा लागि अन्तिम मिति २०८१/०७/०६ गते साझ ६ बजे सम्म रहेको पनि जानकारी दिएका छन् ।
पहिलो संस्करण को विजेता न्यू त्रिपुरा युवा क्लब पचूई भएको थियो। भने उप विजेता न्यू पृथ्वी क्लब पुनर्वास भएको पनि बताउनु भएको छ ।


