बिहि, जेष्ठ २१, २०८३

हात्तीको शिकार बन्दै मानिस ! उदाशिन सरकार


कञ्चनपुर, असोज २३जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ । १२ असोजमा हात्तीको आक्र्रमणबाट लालझाडी गाँउपालिका ४डाँगाजाईका ५० बर्षिया रामदल रानाको मृत्यु भएको १०दिनमै फेरी हात्तीले बेलौरीका युवकमाथि आक्र्रमण गरेको छ । गयराती हात्तीको बथानको आक्र्रमणमा परेर बेलौरी नगरपालिका ६ ढक्का चाँदरका २२ बर्षिया युवक उमेश चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्र्रमणमा परेर चौधरीको मुत्यु भएको बताए । प्रवक्ता जोशीले सोमबार राती हात्तीको आक्र्रमण परेर चौधरीको मृत्यु भएको बताए । प्रवक्ता जोशीका अनुसार उमेश चौधरी सहित गाँउकै दौतरी रोशन चौधरी, नविन चौधरी मैनाहमा दशैको शुभकामना आदान प्रदान कार्यक्रमबाट घर फर्किने क्रममा पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीको आवाज सुनेपछि भागेका थिए । भने उमेश चौधरीले से४प ८६१८नम्बरको मोटरसाईकल चालक थिए । ‘हिजो हराएका उमेशको आज बिहान जंगलमा शव फेला परेको छ, ‘शव भएको स्थानमा हात्तीको गोबरदेखि बोटबिरुवा किचोलेको छ, तैपनि घटना बारे हामीले थप अनुसन्धान अघि बढाएका छौँ ।’ कञ्चनपुरमा पछिल्ला एक दशकयता हात्तीको आक्र्रमणमा परेर मानिसको ज्यान गुमाउनेको संख्या बढिरहेको छ । हालसम्म १३ जनाले ज्यान गुमाईसकेका छन । भने, दर्जनौँ मानिस घाईते भएका छन । बर्षनी अन्नबाली, भौतिक सरचनामा क्षति पुगेको छ । तर,पनि सम्बन्धीत निकायबाट हात्तीका आक्र्रमण रोकथामका प्रभावकारी योजना संचालन हुन सकेका छैनन । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष एव सरक्षणकर्मी महेश दत्त जोशीले हात्तीको आक्र्रमण बढ्न लागेको भन्दै मानिसमाथि आक्र्रमण गर्ने हात्तीको पहिचान गरेर नियन्त्रण लिनुपर्ने बताए । अध्यक्ष जोशीले कञ्चनपुरमा हात्तीको आक्र्रमण निरन्तर बढीरहेका बेला दिर्घकालिन समाधानका लागि उपाया खोज्नुपर्नेमा जोडदिए । हात्ती आक्र्रमण रोक्न तीनै सरकार गम्भिर नदिएको उनको भनाई छ । १० बर्षको अवधिमा हात्तीको आक्र्रमणमा परेर १३ जनाले ज्यान गुमाई सकेका छन ।

सम्बन्धित समाचार

Leave a Reply