बुध, बैशाख २३, २०८३

आज खीर खाने दिन


कञ्चनपुर। आज साउन १५ गते रहेको छ । यस दिन नेपाली समाजमा खीर खाने प्रचलन रहेको छ ।

असार १५ गते दही चिउरा र साउन १५ गते खीर खाने परम्परा प्राचीनकालदेखि नै रहीआएको हो ।साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।

दूधमा विभिन्न प्रकारका मरमसाला किसमिस, काजू, नरिवल आदि हालेर विशेष तवरले खीर पकाएर खाने गरिन्छ ।

संस्कृत भाषामा खीरलाई पायस र कतै–कतै यसलाई तस्मै पनि भन्ने गरिन्छ । खीर सात्विक आहार भएकाले यसको प्रयोग पितृ एवम् देवकार्यमा समेत गर्ने गरिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply