२०८३ कार्तिक ९, सोमवार

नारायणी नदी किनारमा शंकास्पद वस्तु फेला


नवलपुर/नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका ३ नारायणी हाईट नारायणी नदी किनारमा शंकास्पद वस्तु फेला परेको छ ।

आज दिउँसो साढे १२ बजे तिर नारायणीको किनारमा शंकास्पद वस्तु फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।

अहिले घटना स्थलमा श्री बन तथा पर्यावरण सुरक्षा गण हात्तीखोर ब्यारेकको सेना र प्रहरीको टोली पुगेको छ ।

यसअघि नारायणी नदी किनारमा भेटिएको २ शंकास्पद वस्तु स्थानीय घर ल्याई फोरि हेर्दा विस्फोट भई तीन जना घाइते भएको थियो ।

यो शंकास्पद वस्तु केही नदीअघि बुढी गण्डकीमा आएको बाढीले बगाएर ल्याएको प्रहरीले आशंका गरेको छ ।

सम्बन्धित समाचार