शुक्र, भदौ २६, २०८३

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४७ शवको पहिचान अझै खुल्न सकेन


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ जना बालिका, ७ जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन्।

प्रहरीका अनुसार रसुवामा ३ पुरुषको शव भेटिएको छ। साथै, नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, १ बालिका तथा ६ जना (पहिचान नखुलेको) को शव भेटिएको छ। गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ। त्यसैगरी, तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव भेटिएको छ।

सम्बन्धित समाचार