शुक्र, भदौ २६, २०८३

सर्वोच्चबाट न्याय मिले पार्टी एकताबद्ध हुने देउवाको विश्वास


कञ्चनपुर,नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीमा एकता आवश्यक रहेको बताएका छन्।

शनिबार महाराजगन्जस्थित निवासमा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालतबाट न्याय मिलेपछि पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरे।देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्दै त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरिएको बताए।

उनले आफू सुदूरपश्चिम, विशेष गरी डडेल्धुरा, जान इच्छुक रहेको उल्लेख गर्दै क्षेत्रको विकासका लागि बाँकी काम पूरा गर्ने प्रतिबद्धता पनि जनाए। डडेल्धुरामा विमानस्थल निर्माणको काम अघि बढाउने उनको भनाइ छ।

सम्बन्धित समाचार