शुक्र, साउन २९, २०८३

बेलौरी भुर्षा झर्नाखोला टोलमा रानाथारु तिज साँस्कृतिक कार्यक्रम


कञ्चनपुर, साउन २९ पश्चिम नेपाल कञ्चनपुर, कैलालीका रानाथारु समुदायले हरेक साउनमा मनाउँदै आएको तिज साउने डोला कञ्चनपुरको बेलौरी भुर्षा झर्नाखोला टोलमा समेत रानाथारु तिज साँस्कृतिक कार्यक्रम गरिएको छ ।

शुक्रबार बेलौरी नगरपालिका ९ झर्नाखोला स्थित भुर्षा टोलमा रानाथारु तिज विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । ‘संस्कृति बचमे, कुरिती हटामै, निरझल समाज बनामै, और लागु औषध से सब के बचामै’ मुल नारा अघि सारेर भलमन्सा समिति र ज्योती महिला समुह भुर्षाको आयोजनामा रानाथारु तिज विशेष साँस्कृतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रानाथारु समुदायका महिला बालबालिका किशोरीहरु परम्परागत पहिरचनमा लोक नृत्यदेखिका डोला, फाग लाउँदै लोक परम्परागत संस्कृति सरक्षणमा जोड दिएका छन । कार्यक्रम संचालक समेत रहेका नाराथारु समुदायका अगुवा युवा गजेन्द्र रानाले रानाथारु समुदायको परापुर्व कालदेखी मनाउँदै आएको पर्वलाई निरन्तरता दिएको बताए ।

महाकाली सिँचाई व्यवस्थापन दोस्रो चरण समितिाका अध्यक्ष गोपाल कुँवरले रानाथारु समुदायको लोक संस्कृति राष्ट्रको पहिचान भएको बताए । बेलौरी नगरपालिका ९ झर्नासागर भुर्षा टोलका भलमन्सा दुखी रानाले रानाथारु समुदायको लोक धर्म संस्कृति परम्परा सरक्षणका लागि कार्यक्रम नै गरेर नयाँ पुस्तालाई जानकारी गराउन लागेको बताए ।

अर्का रानाथारु अगुवा बाधु रानाले संस्कृति सरक्षणका साथै दाजुभाईको दिर्घयुका लागि महिलाहरुले ब्रत बसेर मनाउने गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलौरी नगरपालिका ९का वडाध्यक्ष किसन रानाले कञ्चनपुर, कैलालीमा रानाथारु समुदायले लोक परम्परा तिज सरक्षणका लागि आफ्नो तर्फबाट पहल गर्ने र सबै रानाथारु समुदायले समेत यसमा गम्भिर हुनुपर्नेमा जोडदिएका छन ।

बेलौरी ९ भुर्षा भलमन्सा समितिका अध्यक्ष शिव कुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा राथारु समुदाय सहित जनप्रतिनिधी सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार