मङ्ल, साउन २६, २०८३

नेकपा कञ्चनपुरको शपथ ग्रहण ः सरकारका गलत कामको खबरदारी गर्दै जनहितमा जोड


धनसिह धामी कञ्चनपुर, २६ साउन नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरले शपथ ग्रहण तथा नेता कार्यकर्ताहरुलाई राजनैतिक प्रशिक्षण दिएको छ ।

मंगलबार महेन्द्रनगरमा नेकपा कञ्चनपुरले शपथ ग्रहण तथा जिल्ला कमिटि सदस्यहरुलाई राजनैतिक प्रशिक्षण दिएको हो । गत ७ पुष ०८२मा जिल्ला एकता सन्देश सभा गरेको नेकपा कञ्चनपुरले २६साउन ०८३मा जिल्ला एकता घोषणा गरेको छ ।

नेकपा कञ्चनपुरका जिल्ला संयोजक खेमराज पाण्डेयले पाटी एकता भएसंगै जिल्लामा पनि पाटी समायोजन, शपथ ग्रहण तथा नव मनोनित भएका जिल्ला कमिटि सदस्यहरुलाई सपथ ग्रहण गराईएको बताए ।

जिल्ला संयोजक पाण्डेयले पाटी एकता घोषणासंगै अब नेता कार्यकर्ताहरु आ–आफ्नो जिम्मेबारी दिएर जनताको घरदैलोमा पुग्नेछन । जिल्ला कमिटि घोषणासंगै अब पालिका कमिटि समेत घोषणा गरेर सागठानिक कामकाज गर्ने बताए ।

कार्यक्रममा नेकपाका नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रदेखि प्राप्त उपलब्धी रक्षाका लागि बाम शक्तिहरु जुटनुपर्नेमा जोडदिएका छन । प्रमुख अतिथि समेत रहेका नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भानुभक्त जोशीले मुलुकमा संकट निम्तिएकाले अब आम जनताको हक अधिकारका लागि लड्दै आएका शक्तिहरुविच एकतादेखि धुव्रीकृतमा जोडदिएका छन ।

प्रदेश इन्चार्ज जोशी सहित प्रदेश संयोजक हरिराम चौधरी(उत्सव), प्रदेश सहसंयोजक लाल बहादुर खडका, नेताहरु देवीलाल चौधरी, लोकेन्द्र लम्साल, जयराज पाण्डेय, जिल्ला इन्चार्ज प्रकास रावल, नेतृ माया नेगी सहितले अब देश र जनता जोगाउनका लागि कम्युनिष्ट शक्तिहरुविक आन्तरिक एकतादेखि कम्युनिष्ट नेता कार्यकर्ताहरुले निरन्तर जनतासंगै रहेर कामकाज गर्नुपर्नेमा जोडदिएका छन ।

उनीहरुले अब भाषणबाजीले होईन जनताको जिवन स्तरमै परिवर्तन सुधारका कार्यक्रम अघि बढाउनुपर्ने गरेर नेता कार्यकर्ताहरुले कामकाज गर्नुपर्ने तर्फ केन्द्रीत गरेका छन । वर्तमान सरकारले पुराना दललाई गाली गरेर सत्ता चलाईरहेको तर, जनतालाई चुनावका भने अनुरुप बाचा भन्दा झन सास्ती दिएको भन्दै सरकारको जनबिरोधी कामकाजमाथि समेत भण्डाफोर गरेर जनताका आधारभूत आवश्यकता केन्द्रीत नेकपाबाट निर्वाचित तीनै तहका जनप्रतिनिधी नेता कार्यकर्ताहरुले जनताको हितमा खटिनुपर्ने तर्फ ध्यानाकर्षण गरेका छन ।

देशको समग्र हित र जनताकै साथ लिएर कामकाज गर्न आब्हान गरिएको छ । अहिले सरकार चलाईरहेका रास्वपा नेता कार्यकर्ताहरुले उतिबेला यसो भएन, उसो भएन भन्दै तत्तकालिन सरकार बिरुद्धमा अफबाह फैलाएको भन्दै अहिले आफै सरकारमा हुँदा पनि जनतालाई सेवा सुविधाको साटो झन सास्ती दिन मात्रै लागेको आरोप लगाएका छन ।

नेकपा कञ्चनपुरका सहसंयोजक प्रताव तिरुवाले संचालन गरेको कार्यक्रममा जिल्लाभरीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उत्साहित भएका नेकपाका नेता कार्यकर्ताहरुले नेकपा बिना दीगो विकास सम्बृद्धि नागरिकको हकहित नहुने भन्दै तीनै तहमा नेकपाकै बलियो उपस्थिति तर्फ समिक्षा छलफल गरेका छन ।

सम्बन्धित समाचार