सोम, साउन २५, २०८३

सिएफसिसी कञ्चनपुरमा वन, पर्यावरण, वन्यजन्तुको सरक्षण मात्रै होईन वनमा निर्भर उपभोक्तालाई आत्मनिर्भर बनाउँदै


कञ्चनपुर, साउन २४सामुदायिक वन समन्वय समिति(सिएफसिसी) कञ्चनपुरले वन, पर्यावरण, बन्यजन्तु सरक्षणका साथै उपभोक्ता आत्मनिर्भर बनाउने कामकाज गरेको छ । सिएफसिसीले कञ्चनपुरले जिल्लाको वन, पर्यावरण, बन्यजन्तु सरक्षणका साथै उपभोक्ता आत्मनिर्भर बनाउने कामकाज गरेको हो ।

‘दीगो वन व्यवस्थापन, हरित अर्थतन्त्रको आधार वन वन्यजन्तु जैविक विविधता सरक्षणमा सबैको सरोकार’ मुल नारा अघि सारेर सोमबार कृष्णपुरको गुलरियामा सामुदायिक वन समन्वय समिति(सिएफसिसी)को २२औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वन समन्वय समिति(सिएफसिसी)का अध्यक्ष महेश दत्त जोशीले जिल्लाको चुरे सहित लालझाडी मोहना सरक्षित कोरिडोर क्षेत्रमा वन, पर्यावरण, वन्यवन्तुदेखि स्थानीय उपभोक्ताको जिवनस्तरबृद्धिका कार्यक्रम संचालन गरिएको बताए ।

अध्यक्ष जोशीका अनुसार सरोकारवाला निकायसंग समन्वय सहकार्य गरेर जिल्लाको समग्र वन,बन्यजन्तुदेखि वनमा आश्रित समुदायलाई सीप सिकाई आत्मनिर्भरका कार्यक्रम संचालन गरिएका छन । १३सामुदायिक वन आबद्ध रहेको सिएफसिसीमा हाल ९१सामुदायिक वन रहेको उक्त सामुदायिक वनका पदाधिकारी, सदस्य, कर्मचारीहरुलाई सामुदायिक वन सुधार, सुशासनदेखि सरक्षणका तालिक कार्यक्रम संचालन गरेर पर्यावरण सरक्षणमा केन्द्रीत गरेको बताए ।

‘दुई दशक बढी समयको प्रतिफलले आज कञ्चनपुर दक्षिणमा दुधुवा मध्यमा लालझाडी–शुक्लाफाँटा हुँदै उत्तर चुरेवनसम्मै हराभर भएको छ, ‘उनले भने, ‘वन हराभरले वन्यजन्तुको समेत बासस्थान सुरक्षितदेखिका सामुदायिक वनका विपन्न उपभोक्तालाई वैकल्पिक जिविकोपार्जनमा संलग्न गराईएको छ ।’ पर्यावरण सरक्षणमा छाडा पशु चौपाया, मानव वन्यवन्तुकोद्वन्द्व बढ्नु, चोरी तस्करी, अतिक्रमण, विदेशी काठको आयात स्वदेशी कम उपभोग बधुवा पशुको आहरा पनि वनमै निर्भर भएकाले चुनौती थपिएको बताए । अध्यक्ष जोशीको प्रतिवेदन अनुसार गत आर्थिक बर्ष ०८२÷०८३मा सामुदायिक वनको संस्थागत विकास, आर्यआर्जनका कार्यक्रम, डडेलो नियन्त्रण, बधुवा पशुपालन किसानसंग सहकार्य, भकारो सुधार, चोरीशिकारी गस्ती, दुर्घटना बिना, विद्युतीय तारबार, वन्यजन्तुका मुहान घाँसे मैदान व्यवस्थापन, वन हेरालुको बीमा, उपभोक्तालाई वैकल्पिक तालिम दिएको छ ।

अध्यक्ष जोशीले प्रस्तुत गरेको प्रतिवेदन अनुरुप आर्थिक बर्षमा २९बुँदे कार्य योजना अघि सारिएका छन । निजी वन प्रर्वद्धन, नर्सरी व्यवस्थापन,भूक्षयिकरण नियन्त्रण, जलवायुले असर गरेका विषय कार्यान्वयन, लेखा व्यवस्थापन, सुशासन, क्षमता विस्तार, सामुदायिक वनको कार्य योजना निर्माण, उपभोक्ताहरुलाई थप आयआर्जनका कार्यक्रममा जोड्ने, वैकल्पिक खेती, सिस्ने पर्यटन क्षेत्रको सुधार, सरक्षणमा मिडिया समन्वय, स्वास्थ्य सेवा, पर्यापर्यटन विकास कार्यक्रम, अशक्त सहयोग कार्यक्रम, दीगो विकास सम्बृद्धिका कार्यक्रम संचालन गरिनेछन । अध्यक्ष जोशीले अन्य प्रदेश सरकारले दीगो वन व्यवस्थापन कार्यक्रम संचालन गरेपनि सुप प्रदेशले गर्न नसकेको भन्दै अब गर्नुपर्नेमा जोडदिदै विदेशबाट करोडौँको काठ आयात बन्द गर्दै स्वदेशी काठ उपभोगमा जोडदिएका छन ।

सामुदायिक वन समन्वय समिति(सिएफसिसी)उपाध्यक्ष नरेश भट्टले बार्षिक साधारण सभामा शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष समेत रहेका सरक्षणकर्मी बहादुर सिह महरा, डिभिजन वन कार्यालय कञ्चनपुर, ऐश्वर्या, हरियाली, शिहपुर,कृष्ण र नन्देश्वर सामुदायिक वन उपभोक्ता समुहलाई सम्मान गरिएको बताए । उनका अनुसार उक्त सरक्षणकर्मीदेखि सामुदायिक वन, डिभिजन वनले सरक्षणमा टेवा पु¥याएको भन्दै प्रमाण पत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले सामुदायिक वन समन्वय समिति(सिएफसिसी)ले वन, पर्यावरण, वन्यजन्तुको सरक्षणदेखि उपभोक्ताको आयआर्जन बृद्धिका कार्यक्रममा भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोईरालाले सामुदायिक वन समन्वय समिति(सिएफसिसी)ले कञ्चनपुरमा गरेको सरक्षणका कामकाज प्रभाकारी भएकाले थप क्षेत्र विस्तारदेखिका कार्यक्रममा जोडदिएका छन । सामुदायिक वन समन्वय समिति(सिएफसिसी)का कोषाध्यक्ष सुमित्रा रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले बीनादेखि, मानव बन्यजन्तुद्वन्द्व उद्दार राहत कोषदेखिका थुप्रै कामकाजमा आर्थिक स्रोत उपभोग गरेको बताईन । कार्यक्रममा सरक्षणकर्मीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार