२०८३ कार्तिक ११, बुधवार

काँग्रेसले पदम अवस्थीलाई दियो सदस्यता अद्यावधीको जिम्मेबारी


कञ्चनपुर, जेठ नेपाली काँग्रेसले कञ्चनपुरका युवा नेता पदमराज अवस्थीलाई क्षेत्र ३मा पाटीको क्रियाशिल सदस्यता अद्यावधीक गर्ने कार्यको संयोजकको जिम्मेबारी दिएको छ ।

काँग्रेसले कञ्चनपुरका युवा नेता अवस्थीलाई क्षेत्र ३मा पाटीको क्रियाशिल सदस्यता अद्यावधीक गर्ने कार्यको संयोजकको जिम्मेबारी दिएको हो । काँग्रेस भीमदत्त नगरका पुर्व सभापति एव क्षेत्रीय उपसभापति पदमराज अवस्थीलाई जिम्मेबारी दिएको जनाएको छ ।

भीमदत्त नगरपालिका ५का वडाध्यक्ष समेत रहेका काँग्रेस नेता अवस्थीलाई जरा अभियान संचालनका लागि अवस्थीलाई जिम्मेबारी दिएको हो । पाटी केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधी नरेन्द्र प्रशाद भट्ट, पदमराज पन्तले हस्ताक्षर गरेको जिम्मेबारी पत्रमा २१ जेठ भित्रै क्षेत्रमा वडाहरुको नविकरण गर्न निर्देशन दिएको छ ।

सम्बन्धित समाचार