महेन्द्रनगर– भ्रष्टाचारी, कमीसनखाेरी, दलाललीकाे प्रतिराेधमा उत्रीएकाे नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपाल बैतडीले मालपोत कार्यालय बैतडीमा कार्यालय प्रमुख निषेध व्यानर टासेकाे छ ।मालपाेत कार्यालय प्रमुख असोक सार्कीले सेवाग्राहीबाट कमिसन लिएको भन्दै कार्यालय हाताभित्र प्रवेश निषेधको व्यानर टासेको हो ।नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपाल बैतडीका ईन्चार्ज मंगलको नेतृत्वमा साेमबार आज कार्यालय हाताभित्र भ्रष्टाचारी, दलाल, कामिशन खाेरी कार्यालय प्रमुखकाे विराेधमा कार्यालयमा प्रवेश निषेध व्यानर टासेकाे नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालका नेता दिपेन्द्र सिंह ऐेरीले जानकारी दिनु भयाे ।उनले भने “हाम्रो संगठनले बेथिति, बेमानी, भ्रष्टाचारी र कुकार्यकाे कडा रूपमा डठेर लागेकाे बताउदै साेहि बमाेजिम यसरी सबै तिर अभियान चलेकाे बताए ।
बैतडी मालपाेत प्रमुख सार्कीले घुस लिएकाे भन्दै बहुमत निकट क्रान्तिकारी युवाकाे कार्यालयमा प्रवेश निषेध ब्यानर

