कञ्चनपुर, २१ असोज तीन महिना अघि कञ्चनपुरमा परेको भिषण बर्षासंगै भासी खोलामा आएको वाढीले पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत सुडा चोकमा रहेको पुल भत्कायो । २३ असार मध्यरातमा बेदकोट नगरपालिका ८ सुडामा रहेको पुल भाँसी खोलाले भत्काएको थियो । पुल भत्किएको तीन महिनासम्म पनि निर्माण कार्य शुरु भएको छैन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि जिल्लाका अन्य ७ पालिका सहित देश जोड्ने मुख्य महेन्द्रराजमार्गमै भत्किएको पुल तीन महिनासम्म पनि निर्माण हुन सकेन् । नागरिकको चौतर्फी दवावपछि भत्किएको केही दिनमै सडक डिभिजन वन कार्यालय महेन्द्रनगरले उक्त स्थानमा डाईभसन निर्माण गरिदियो । ह्युमपाईप हालेर निर्माण गरिएको डाईभसनले नागरिकलाई धुलाम्मेले हैरान गरेपनि यात्राबाट बञ्चित हुन परेन्, तर पुल पुर्ननिर्माण नहुँदा उक्त सरचनाले सवारी दुर्घटना निम्त्यिाईरहेको छ । शनिबार राती सोही स्थानमा सवारी दुर्घटनामा परेर एक युवकले ज्यान गुमाएका छन । भने, अर्का युवक घाईते भएका छन । भीमदत्त नगरपालिका १८ गोबरैयाका २३ बर्षिया युवक भुवन भट्टले ज्यान गुमाएका छन । भने अर्का २४ बर्षिया युवक खेम भट्ट घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले शनिबार राती ९ बजेतिर सुडादेखि महेन्द्रनगर आउने क्रममा सुपप्र ०१००८प८०७७ नम्बरको स्कुटीमा सवारी भट्टद्वय युवक सिधै भत्किएको पुलमा दुर्घटनामा परेका थिए । घाईते भएका भुवनको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रवक्ता जोशीले बताए । अर्का युवक खेमको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ । ३१ असारमा समेत भारतीय नम्बरको एक जिप सिधै सडकबाट खोलामा परेको छ । कञ्चनपुर प्रंहरीले मादक पदार्थ सेवन, तिव्र स्वीडले सवारी साधन सिधै भत्किएको खोलामा पर्दै आएको जनाएको छ । उतिबेला भारतीय नागरिक सवारी जिपमा एयरब्याग भएकाले उनीहरु घाईते मात्रै नभएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीले रातीका बेला राजमार्गमा मात्रै नभई कुनैपनि सडकमा मदिरा सेवन गरेर सवारी साधन संचालन नगर्न आग्रह गर्दै आएको छ । राजमार्ग जस्तो सडकमा भत्किएको पुल निर्माणका लागि तीनै सरकार उदाधिन भएको भन्दै नागरिकले आक्र्रोस पोख्न थालेका छन । सडकको पुर्व र पश्चिम क्षेत्रबाट यात्रा गर्ने यात्रुहरुलाई दिउँसो भन्दा रातीका बेला जोखिम निम्तिएको स्थानीय बताउँछन । स्थानीय अगुवा टेक बहादुर चन्दले सम्बन्धीत निकायबाट चासो पहल नहुँदा दुर्घटना निम्तििरहेको बताए । चन्दका अनुसार महेन्द्रनगरदेखि पुर्वतिर जाँदा र बेदकोट सहित अन्य स्थानबाट आवत जावत गर्ने यात्रुहरु जोखिममा परेको बताए । चन्दले पुल निर्माण नहुँदा सडकबाट खोलामा हप्तैपिच्छे घटना भईरहेको बताउँदै सरोकारवाला निकाय आउने हेर्ने फोटो खिचेर जाने प्रवृतिले भत्किएको तीन महिनासम्म पनि पुल निर्माण नभएको बताए । सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख ईन्जिनियर राजेश कुमार यादवले पुल निर्माणका लागि ठेक्का भईसकेको बताए । उनले ६÷६मिटर लामो पुल निर्माणका लागि सवा दुई करोडमा ठेक्का आब्हान भएको र दशैँ लगत्तै टेण्डर खोलेर सम्झौता गर्दै कामकाज अघि बढाउने बताए । उतिबेलासम्म दुर्घटना हुन नदिन, थप डोरीदेखि रातीका ट्राफिक चिन्ह राख्न निर्देशन दिएको बताए । यसैविच झर्नाखोलाको वाढीले बेलडाँडी गाँउपालिका १झर्नासागरमा भत्किएको पुलमा सरस्वती माविका विद्यार्थी सहित स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन । चौधर नदीले बेलडाँडी ५ ईमलियामा नहर भत्काएपछि गणेश माविका विद्यार्थी सहित स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन । चौधर नदीले नै बेदकोट नपा १० चतहरीमा झोलुङ्गेपुल भत्काएपछि रत्न माविका विद्यार्थी र भीमदत्त नगरपालिका १९ बागफाटा खोलाले पुल भत्काएपछि लक्ष्मी माविका विद्यार्थी एव स्थानीय मारमा परेका छन । लक्ष्मी माविका प्रद्यानाध्यापक प्रमानन्द नाथले भत्किएका सरचना पुर्ननिर्माण ढिलाई हुँदा विद्यार्थीदेखि स्थानीय मारमा मात्रै नभई ज्यान जोखिममा राखेर यात्रा गरेको देख्दा समेत स्थानीय सरकारले ध्यान दिन नसकेको बताए । प्रअ नाथले सम्बन्धीत पालिकाले आ–आफ्ना नागरिक बचाउन भूमिका निर्वाहमा जोडदिए । यस्तै दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, लालझाडी, बेलडाँडी, बेलौरीमा भत्किएका सरचना भत्किएर नागरिक अकालमै ज्यान गुमाउनेदेखि भङगभङ हुन बाध्य भएका छन । वाढीबाट क्षतिग्रस्थ सरचना फाष्टट्याकबाट गर्नुपर्ने भएपनि उक्त सहित जिल्लाभरीका भत्किएका सरचना पुर्ननिर्माणमा ढिलाई भएको भन्दै कञ्चनपुरका स्थानीय आक्र्रोसित भएका छन । मुलुकमा तीन तीन सरकार भएपनि वाढीबाट कञ्चनपुरमा भत्किएका पुल, पुलेसा, नहर सहितका सार्वजनिक सरचना, कटान, पटान, सडक भत्किएको विषयमा सरकारले चासो दिनुपर्नेमा जोडदिएका छन ।

