कञ्चनपुर, असोज १९ हिन्दु स्वयम सेवक संघ नेपाल कञ्चनपुरको प्रारम्भिक शिक्षा वर्ग सम्पन्न भएको छ । बिहीबारदेखि भीमदत्त नगरपालिका ३महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीमा संचालन भएको प्रारम्भिक शिक्षा वर्ग सम्पन्न भएको हो । शनिबार एक कार्यक्रमका विच उक्त प्रारम्भिक शिक्षा वर्ग सम्पन्न भएका जनाईएको छ । हिन्दु स्वयम सेवक संघ नेपाल कञ्चनपुरका युवा प्रकास कलौनीले विद्यार्थीमा नैतिक शिक्षा सिकाईएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले विद्यार्थीमा नैतिक शिक्षा अपरिहार्य रहेको बताएका छन । कार्यक्रममा हिन्दु स्वयम सेवक संघ नेपाल कञ्चनपुरका पदाधिकारी, लिटिलबुद्ध एकेडेमीका शिक्षक, प्रशिक्षार्थी, भीमदत्त नगरका जनप्रतिनिधी सहभागि भएका थिए ।

