कञ्चनपुर, असोज १६ कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुर्तिजन्य पदार्थलाई नियन्त्रण गर्नका अभियान शुरुवात गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गर्दै बजारमा ¥याली निकालेर अभियान शुरु गरिएको हो । “स्वस्थ्य नागरिक सफा नगर हामी सबैको एउटै रहर” भन्ने मुल नाराको साथमा कार्यक्रमको आयोजना गरिएको छ । महिला मानव अधिकार रक्षक संजालको संयोजकत्वमा कार्यक्रमको आयोजना गरिएको संजालका अध्यक्ष एव धुम्रपान तथा मध्यपान निरुत्साहित अभियन्ता भगवती थापाले बताईन । उनका अनुसार हरेक हप्ताको शुक्रवार नियमित रुपमा बजार क्षेत्र लगायतमा अभियानको संचालन गरिनेछ । चाडपर्वलाई मात्रै लक्षित नभएर सदैव यसको अनुगमन हुनुपर्ने सुर्तीजन्य पदार्थ, मद्यपान, लागुऔषधहरु सबैको नियन्त्रण नहुँदा सम्म यो अभियान संचालन हुने संजालका अध्यक्ष थापाले बताईन । धुम्रपान नियन्त्रणका लागि ऐन बनेपनि कार्यान्वयन नभएको भन्दै अभियान शुरुवात गर्नुपरेको उनले बताईन ।

