कञ्चनपुर, साउन १४ सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवारी गाडी एक आपसमा ठोकिएका छन । प्रधानमन्त्री केपी ओलीको स्वागतका लागि लम्की पुगेका प्रदेश सरकारका दुईजना मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ। एमालेबाटै मन्त्री भएका प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की सवार गाडी लम्कीमा ठोकिएका हुन । मन्त्री पाल सवार बा.२झ १४१९ नम्बरको गाडीलाई मन्त्री सार्की सवार से.१झ ३३० नम्बरको गाडीले लम्कीमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै गाडीमा क्षति पुगे पनि गाडीमा सवार मन्त्रीसहित अन्यलाई भने केही नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। र मन्त्री सार्कीका छोरा जनक सार्कीले चलाएको भन्दै घटनाको छानबिनको माग अघि सारिएको छ । ानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीको कटासेमा निर्मित जलविद्युत् आयोजनाको उद्घाटन गर्न आएका प्रधानमन्त्रीलाई स्वागत गर्न जाने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा दुवै गाडी कच्याककुचुक भएका छन्। प्रधानमन्त्रीको कार्यक्रममा को छिटो पहिलो पुग्ने प्रतिस्पर्धाविच दुवै मन्त्रीका गाडी ठोकिएर एक आपसमा क्षतिग्रस्थ भएका छन ।

