सोम, जेष्ठ २५, २०८३

गाउँ–गाउँमा गम्छा बाँधेर पुग्ने एसपी, रुपन्देहीमा तस्करी ठप्प, प्रहरीमा हलचल


भैरहवा । रुपन्देहीमा प्रहरी प्रमुख फेरिएसँगै बदलिएको सुरक्षा अवस्था र प्रहरीको कार्यशैलीले जिल्लाको सुरक्षा अवस्था बारे प्रष्ट पार्छ। करिब अढाई महिनाअघि जिल्लाको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीको अभिनव र आक्रामक कार्यशैलीले सीमावर्ती क्षेत्रमा हुने तस्करी र प्रहरीभित्रको बेथितिमाथि कडा प्रहार गरेको छ।’अन्डरकभर’ शैलीमा एसपी, स्थानीय नै चकितएसपी क्षेत्री प्रायः साँझपख सर्वसाधारणको भेषमा निस्किने गरेका छन्। कहिले गम्छा बाँधेर त कहिले सामान्य कुर्ता लगाएर मोटरसाइकलमा गाउँ पस्ने उनको तरिकाले स्थानीय मात्र होइन, मातहतका प्रहरी कर्मचारीसमेत अनभिज्ञ हुन्छन्। यसरी सर्वसाधारणसँग घुलमिल हुँदा उनले प्रहरीको कामकारबाही, तस्करीको अवस्था र जनताका गुनासाहरुबारे वास्तविक सूचना सीधै संकलन गर्ने गरेका छन्।आफ्नो यो कार्यशैलीबारे एसपी क्षेत्री भन्छन्, “मातहतका युनिटलाई हौसला दिन, जिल्ला प्रहरी कार्यालय उनीहरूको साथमा छ भन्ने महसुस गराउन र स्थलगत अवस्था बुझ्न बेलाबेलामा फरक तरिकाले हिँड्ने गरिन्छ। आफैँले प्रत्यक्ष निगरानी गर्नु र स्थानीयको प्रतिक्रिया लिनु पनि विश्वासको एउटा पाटो हो।”कार्यशैलीको प्रभाव: तस्करीमा अंकुश, उच्च मनोबलमा प्रहरीमाएसपी क्षेत्रीको यो ‘अन्डरकभर’ शैलीले जिल्लाको अपराध नियन्त्रण, विशेषगरी तस्करीमाथि ठूलो प्रभाव पारेको छ। सीमा क्षेत्रका चौकीहरूमा अहिले तस्करीको सामान वारपार गराउने हिम्मत कसैले गर्दैनन्।”पहिले जुन चौकीमा जान इन्चार्जहरू तँछाडमछाड गर्थे, अहिले त्यहाँ कोही जान मान्दैनन्,” जिल्ला प्रहरीका एक अधिकृतले भने, “एसपी सा’ब आफैँ गाउँ-गाउँमा जानू हुन्छ। कतैबाट रकम लिएको थाहा पाए तत्काल कारबाही हुन्छ भन्ने डर छ।”यसको ठोस नतिजा पनि देखिएको छ। एसपी क्षेत्री आएपछिको दुई महिना (जेठ-असार) मा मात्रै ५ करोड ३६ लाख ६० हजारभन्दा बढी मूल्यको अवैध सामान बरामद भएको छ। यसै अवधिमा तस्करीमा संलग्न ७६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ठूला तस्करी लगभग ठप्प हुँदा प्रहरीले ‘झोलेपोके’ तस्करी नियन्त्रणमा समेत कडाइ गरेको छ।आचरणविपरीत काम गर्ने इन्चार्जहरू जिल्ला तानिएएसपी क्षेत्रीले सूचना र निगरानीका आधारमा प्रहरी आचरणविपरीत काम गरेको पाइएका इन्चार्जहरूलाई धमाधम कारबाही गरेका छन्। आकर्षक मानिने प्रहरी चौकी पिपरहवा, गल्लमण्डी, मेउडिहवा, कालिदह, रमवापुर, चनौली बगाहा लगायतका इन्चार्जलाई कारबाहीस्वरूप जिल्ला तानिएको छन ।जिल्ला प्रहरी प्रशासनका अनुसार, पहिले यी चौकीहरूमा जान चल्ने गरेको राजनीतिक र प्रशासनिक सोर्सफोर्स अहिले पूर्ण रूपमा बन्द भएको छ। नियमअनुसार पठाइएका इन्चार्जहरूले पनि ‘डर, कर वा जिम्मेवारी’ बोधले राम्रो कार्यसम्पादन गरिरहेका छन्, जसको सकारात्मक परिणाम जिल्लाको शान्ति-सुरक्षा र अपराध नियन्त्रणमा देखिन थालेको छ।

सम्बन्धित समाचार

Leave a Reply