बिहि, जेष्ठ २१, २०८३

हात्तीको आक्र्रमण परि लालझाडीका रामदल रानाको मृत्यु


नरेश राना कञ्चनपुर, असोज १३जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ । गयराती हात्तीको बथानको आक्र्रमणमा परेर लालझाडी गाँउपालिका ४ डाँगा जाईका ५० बर्षिया रामदल रानाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्र्रमणमा परेर लालझाडी गाँउपालिका ४ डाँगाजाईका स्थानीय ५० बर्षिया रामदल रानाको मुत्यु भएको बताए । प्रवक्ता जोशीका अनुसार शनिबार राती हात्तीको बथान लालझाडी वन हुँदै डाँगाजाई गाँउ प्रवेस गरेको थियो । ‘हात्ती धपाउने क्रममा भागदौड मच्चिएर राना हराएका थिए, ‘प्रवक्ता जोशीले भने, ‘राती खोज्दा भेटाएन्, बिहान उखुबारीमा हात्तीले कुल्चिएको अवस्था फेला परेका छन ।’ हात्ती धपाउने क्रममा स्थानीय ३५ बर्षिया नियानन्द राना पनि समान्य घाईते भएका छन । उनको खुट्टामा चोट लागेको र घरेलु उपचार गरिरहेको स्थानीयले बताएका छन । कञ्चनपुरमा पछिल्ला एक दशकयता हात्तीको आक्र्रमणमा परेर मानिसको ज्यान गुमाउनेको संख्या बढिरहेको छ । हालसम्म १२जनाले ज्यान गुमाईसकेका छन । भने, दर्जनौँ मानिस घाईते भएका छन । बर्षनी अन्नबाली, भौतिक सरचनामा क्षति पुगेको छ । तर,पनि सम्बन्धीत निकायबाट हात्तीका आक्र्रमण रोकथामका प्रभावकारी योजना संचालन हुन सकेका छैनन ।

सम्बन्धित समाचार

Leave a Reply