बुध, बैशाख २३, २०८३

पाँच विद्यार्थी संगठनले भने, ‘निर्धारित मितिमै सुपवि स्ववियु चुनाव होस’


कञ्चनपुर, साउन ६ पाँच विद्यार्थी संगठनले सुदुरपश्चिम विश्वविद्यालयमा निर्धारित मितिमै स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचन गर्न माग अघि सारेको छ । अखिल क्रान्तिकारी, अनेरास्ववियू, प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल समाजवादी र बहुमत क्रान्तिकारीले सुदुरपश्चिम विश्वविद्यालयमा निर्धारित मितिमै स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचन गर्न माग अघि सारेको हो । मंगलबार ६साउनमा उम्मेदवारी दर्ताका क्रममा नेवि संघ नरेश पण्डितको समुहले आफ्नो संगठन भित्रको आन्तरिक विवादको आक्र्रोस पोखेको दावि गरेका छन । चुनाव नचाहने एव अखिल क्रान्तिकारी सहितको संयुक्त प्यानलकोे जित सुनिश्चित भएका बेला केही चुनाव नचाहने गिरोहले नेवि संघ अखिल क्रान्तिकारी झडप भएको भनेर दुष्प्रचारबाजीमा उत्रिएको जनाएका छन । पाँच विद्यार्थी संगठनको जित हुने देखेर विद्यार्थी बिरोधी व्यक्ति समुहले चुनाव भाँडका लागि उम्मेदवारी दर्ताकै मुखमा आएर अवरोध सृजना गरेको ठोकुवा गरेका छन । आफ्नै गृहमन्त्री आफै सरकारमा हुने दलका विद्यार्थी अराजक भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रण गरेको जनाउँदै यही क्रममा चुनाव अवरोध गर्नेहरुलाई प्रहरीले नियन्त्रण गर्न खोजेको विषयमा क्रान्तिकारी जोडेर मित्था प्रचारको भत्र्सना समेत गरेका छन । अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दल ब. धामी, अनेरास्ववियू संयोजक प्रज्वल कुँवर, राप्रवि अध्यक्ष प्रेम रावल, अखिल समाजवादी जिल्ला इन्चार्ज ललित सी र बहुमत निकट अखिल क्रान्तिकारीका सुपवि इन्चार्ज प्रकास भट्टले हस्ताक्षर गरेकोे विज्ञप्तीमा चुनाव कार्यतालिका अनुरुप नभए आन्दोलनको चेतावनी दिएका छन ।

सम्बन्धित समाचार

Leave a Reply