बुध, बैशाख २३, २०८३

कृषि विकासका योजनामा लाखौँ बजेट स्वाहा, तर किसानलाई मलखाद सहज उपलब्ध छैन !


कन्चनपुर साउन ४यस बर्षे पनि धानबाली लगाउन शुरु भएसंगै कञ्चनपुरमा किसानले सहजै रसायनिक मलखाद नपाएको गुनासो पोखेका छन । बेर्ना छर्नेदेखि अहिलेसम्म सहजै रसायनिक मलखाद नपाएको गुनासो पोखेका हुन । तर, केही किसानले सहकारी मार्फत मलखाद पाएको विगतको बताएका छन । शुक्लाफाँटा नगरपालिका १ कालगौडीका स्थानीय मोहन दमाईले रसायनिक मल नपाएको बताए । ‘मेरो ५कट्टा जमिन छ, त्यसमा १बोरा मल चाहिन्छ, तर मैले सहजै पाउन सकेको छैन, सहकारीमा जाँदा आज आएको छैन भन्दै फिर्ता गरिदियो, एग्रोभेटमा जाँदा पनि त्यही भन्यो, अहिले रोपाई गरेको छैन ।’ रसायनिक मल नपाएपछि गाँउमा प्राङगारिक मल, गोबर र पिना खेलमा हाल्ने बताए । लालझाडी गाँउपालिका ६चाँन्देवका रतन रानाले सहकारीमा कम सस्तो पाईने र बजारमा केही रकम महङगो पाईने बताए । ‘रोपाई लगत्तै धान खेतीमा मल हाल्ने मैले १५कट्टा जमिनका लागि २बोरा रसायनिक मल ल्याउन एक साता अघि गाँउकै सहकारीहरुमा गएको थिए, त्यहाँ उतिबेला मल सकियो भन्यो, ‘उनले भने, ‘त्यही भएर अहिले रोपाई गरेको छैन, अब सहकारीबाट मल नपाए बजारबाट पनि किनेर हाल्छु ।’ गत विगतका बर्षहरुमा रसायनिक मल नपाएपछि गाईगोरु, भैसीकै गोबर हालेरै भएपनि खेती लगाएको बताए । भीमदत्त नगरपालिका ६ऐठपुरका किसान टेक बहादुर चन्दले यस बर्ष आफुले सहकारी मार्फत सहजै मल पाएको बताए । ‘गत विगतका बर्षहरुमा मैले चाहिएकोे बेला मल पाएन, उतिबेला खेतमा गोबर हाले , पाएपनि घण्टौँ लाईन बस्नु परेकोे थियो, ‘उनले भने, ‘यस बर्ष लाईन बस्नु र अभाव खेप्नु परेको छैन ।’ आफ्ना दुई विगाह जमिनका लागि चार बोरा मल भए पुग्ने बताए । भीमदत्त नगरपालिका १९बागफाँटाका मान बहादुर रानासंग १५कट्टा जमिन छ, रानाले आफुले सहजै मल नपाएको बताए । ‘मल ल्याउन सहकारी गएको थिए, त्यो दिन छैन, भन्यो, आएको मल पनि एकै दिनमा सकिएको रहेछ, ‘उनले भने, ‘मेरो जमिनमा २बोरा मल भए पुग्छ ।’ रानाले सहकारीबाट नपाए बजारबाट खरिद गर्ने बताए । सीमावर्ती कञ्चनपुरमा नेपाल सरकारबाट सहकारी मार्फत हुने मल नपाईने भएपछि भारतबाट ल्याउने गर्दा समेत ठुलो संकट नहुने गरेको छ । कृषि विकासका लागि हरेक बर्ष करोडौँ बजेट स्वाहा पारिन्छ, तर किसानलाई समयमै मलखाद उपलब्ध नभएपछि तीनै तहका सरकार आलोचित भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply