कंचनपुर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले मासिक बैठक ११ बुँदे महत्वपुर्ण निर्णय गर्दै सम्पन्न गरेको छ। कंचनपुरको पुनर्वास नगरपालिका–९ मा अवस्थित प्याराताल परिसरमा शुक्रबार आयोजित नियमित मासिक बैठकले पत्रकार ,पत्रकारिता र जनजिबिका संग सम्बन्धित ११ बुँदे ऎतिहासिक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । शाखा अध्यक्ष सुरेश सिंह धामिको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरेश पन्त रहेका थिए । बैठकमा नेपाल पत्रकार महासंघ कंचनपुरका साधारण सदस्यहरु , नेपाल पत्रकार महासंघ कंचनपुरका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ,कंचनपुरको दक्षिणि क्षेत्रमा रहेका पत्रकारहरु ,जनप्रतिनिधीहरु ,सुरक्षा निकायमा प्रतिनिधिहरु, पेशागत पत्रकारहरुका संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायतको अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको बैठक प्रत्येक महिनाको पहिलो शुक्रबार बस्दै आएको छ ।
शुक्रबार सम्पन्न पत्रकार महासंघको बैठकले पत्रकार ,पत्रकारिता र जनजिबिकाका सवालमा निम्न बमोजिमका निर्णयहरू गरेको छः
१. कंचनपुरका ९ वटै स्थानिय पालिकाहरुलाइ स्थानिय सन्चार माध्यमहरुलाइ प्रभावकारी रुपमा परिचालन गर्न स्थानिय संचार निति तर्जु गरि कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
२. कंचनपुरका ९ वटै स्थानिय तह/पालिकाहरुलाइ लोक कल्याणकारी बिज्ञापन सुचनाको प्रशारण, प्रकासन तथा बितरण सम्वन्धी आवश्यक कानुनी प्रवन्ध गर्न आग्रह गरिएको छ ।
३. कंचनपुरका सवै स्थानिय तह र सरकारी, गैरसकारी कार्यालय संघ संस्था प्रतिष्ठानहरुलाइ सार्वजनिक महत्वका जानकारी एवं सुचनालाई स्व प्रकाशन को ब्यवस्था अनिवार्य गर्न आग्रह गरेको छ ।
४ कंचनपुरका सबै स्थानियतहलाइ संचार कर्मिहरुको क्षमता अभिबृद्धी गरि ती सन्चारकर्मिहरु मार्फत नगर/ गाउँपालिकाका गतिबिधीहरुको नियमित प्रसारण प्रकासनको प्रवन्ध गर्न आग्रह गरिएको छ ।
५. संचारमाध्यम संग सम्बन्धित शिर्षकका बजेटलाई पारदर्सी , मितब्ययी र समानान्तर ढंग बाट बितरण गर्न कंचनपुरका स्थानिय पालिकालाइ पुन: नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले अनुरोध गरेको छ ।
६. कंचनपुरका सबै पालिकाहरुले हरेक बर्ष सार्वजनिक गर्दै आएको योजना तर्जुमा ,बजेटमा समेटिएका कतिपय बिषयमा नगरबासी सर्वसाधारण नै अनबीज्ञ रहने गरेकोले यश आर्थिक बर्ष २०८२/८३ को योजना तर्जुमा तथा बजेटमा समेटिएका योजना लगायत अन्यका बिषयमा आम नगरबासिहरुले जानकारी पाउनु उनिहरुको अधिकार र पालिकाको कर्तव्य भएकोले वजेटमा समेटिएका सबै योजनाहरुका बिषयमा स्थानिय संचारमाध्यम र सन्चारकर्मीहरु माफर्त सार्वजनिक गरि सर्वसाधारण सम्म पुगाउन अनुरोध गरिएको छ ।
७. कंचनपुरका सबै सन्चारमाध्यम र सन्चारकर्मीहरुलाइ पत्रकार आचार संहिताको पालना गर्दै जन चासो,जन सरोकार, जनजिबिका र जन गुनासोका सवालहरुलाई ससक्त ढंगले उठान गर्न अनुरोध गरिएको छ ।
८. कंचनपुरका सबै स्थानिय पालिका , वडा कार्यालय, सरकारि तथा गैर सरकारी कार्यालय , संस्था प्रतिष्ठानहरुलाइ नेपाल पत्रकार महासंघ शाखा कंचनपुर संग संस्थागत आवस्यक सहकार्य र समुन्वयको लागि आग्रह गरिएको छ ।
९. कंचनपुरको पुनर्वास नगरपालिका वडा नं. ९ स्थित प्यारातालको पर्यट्न प्रवद्धन र बिकासको लागि बजेटको सुनिश्चितता गर्न, प्रचार प्रसारमा ध्यान दिन स्थानिय निकाय पालिका, प्रदेश सरकार र संघ सरकारलाइ आग्रह गरिएको छ । प्याराताल लगायतका अन्य कंचनपुर पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनको लागि नेपाल पत्रकार महासंघ शाखा कंचनपुर सदैव प्रतिवद्ध रहेको छ ।
१०. कंचनपुरको दक्षिण क्षेत्र पुनर्वास देखि पश्चिम उत्तरि क्षेत्र सम्म देखिएको नेपाल भारत सिमा बिवाद र भारतिय अतिक्रमणका बिषयमा गम्भीर हुन नेपाल सरकारलाई आग्रह गर्दै कुटनितिक माध्यम बाट यथासिघ्र सिमा बिवाद र अतिक्रमणको समस्या समाधान गर्न समेत नेपाल सरकार लगायत सरोकारवाला अन्य सबैलाइ अनुरोध गरिएको छ ।
११.कंचनपुरको पुनर्वास नगरपालिका वडा नं. ९ स्थित प्यारातालमा सम्पन्न बैठकमा सहभागी र बैठक सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

