बिहि, जेष्ठ २१, २०८३

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण ।


कञ्चनपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कञ्चनपुर भिमदत्त नगरपालिका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण गरेको छ ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षामा शैक्षिक सामग्रीको आवश्यकतालाई मध्यनजर गर्दै भिमदत्त नगरपालिका भित्रका २६ ओटा बिधालयका १४० जना बिद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

उक्त कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष पदमराज अबस्थि ज्यु वडा नम्बर ४ का वडा अध्यक्ष सुशील कुमार भट्ट हिन्दु स्वयंसेवक संघ नेपालका सम्भाग संघचालक लोगबहादुर ठकुराठी ,हर्केश बिष्ट विद्यार्थी परिषद्का प्रदेश सह-संगठन सचिव मणिराम चौलागाईं विद्यार्थी परिषद्कि प्रदेश सह-सचिव निर्मला साउद नेपाल शिक्षक संघ कि पुर्व प्रदेश उपाध्यक्ष निर्मला जोशी लगायत २६ ओटै विद्यालयका शिक्षक, कर्मचारी पत्रकार लगायतको उल्लेखनीय उपस्थितिमा उक्त कार्यक्रम कञ्चनपुर वाणिज्य संघ को सभा हाल मा सम्पन्न भएको हो ।


शैक्षिक गुणस्तरका लागि उचित शिक्षासहित आवश्यक शैक्षिक सामग्रीसमेत आवश्यक हुने भएकाले प्राज्ञिक विद्यार्थी परिषद् नेपालले झोलालगायतका सामग्री वितरण गर्दै आएको प्राज्ञिक विद्यार्थी परिषद् का प्रदेश सह – संगठन का सचिव मणिराम चौलागाई ले बताए ।

विद्यालयमा विद्यार्थीहरूलाइ झोला र शैक्षिक सामग्री कपिको आवश्यकता रहेको हुदाँ शिक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ प्राज्ञिक विद्यार्थी परिषद् नेपालले उक्त सहयोग गरेको बताए ।

सम्बन्धित समाचार

Leave a Reply