सोम, जेष्ठ २५, २०८३

विचौलिया आरोपबीच सुदूरपश्चिमको बजेट सर्वसम्मत पास


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ ।

बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो ।१ असारमा आर्थिक मामिला मन्त्री थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएका थिए ।

बजेटमाथिको छलफल सकिएपछि सभामुख भण्डारीले बजेटसँग सम्बिन्धत विधेयकहरु सर्वसम्मतिले पास भएको घोषणा गरेका हुन् ।

बजेटमाथिको छलफलमा सतापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । प्रायजसो प्रदेश सभा सदस्यले विचौलिया मार्फत योजना खरिदबिक्री गरेको आरोप लगाउँदै छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply