सोम, जेष्ठ २५, २०८३

सुप प्रदेशका शिक्षकको प्रतिभा पहिचानका लागि नृत्य प्रतियोगिता ः बेदकोटको बेदान्त विद्या मन्दिर प्रथम


केशव थापा, असार १६ सुदूरपश्चिम प्रदेशका शिक्षकको प्रतिभा पहिचान गर्नका लागि नृत्य प्रतियोेगिता आयोजना गरिएको छ । सोमबार महेन्द्रनगरमा शिक्षा विकास निर्देशनालय राजपुर दिपायल डोटीको आयोजनामा शिक्षकको प्रतिभा पहिचान गर्नका लागि नृत्य प्रतियोेगिता आयोजना गरिएको हो । शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले शिक्षकहरुभित्र भएको पहिचान प्रर्दशनका साथै शिक्षकबाट विद्यार्थीले केही अनुसरणका लागि कार्यक्रम राखिएको बताए । निर्णायक सयोजक समेत रहेका शिक्षा विकास समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले शिक्षकहरुविच हुने प्रतिस्पर्धाले थप शैक्षिक कार्यक्रम प्रभावकारी बनाउन सकिने बताए । प्रदेशका विभिन्न जिल्लाबाट शिक्षक सहभागि भएका थिए । उक्त प्रतियोगितामा कञ्चनपुर बेदकोट नगरपालिका ३दैजीको बेदान्त विद्या मन्दिरका शिक्षकद्वय लालमणी जोशी, दिपीका खत्रीको टिम प्रथम भएको छ । उक्त टिमले सुदूरको पहिचान झल्किने टिपिकल गितमा नृत्य गरेका थिए । द्वितिय कैलाली अत्तरियाकोे सत्यवाती विद्यालयका शिक्षिका आशिका भट्ट, मनिसा लामिछाने, बर्षा विष्ट, पार्वती कडायत भएका छन । तृतियमा डोटी रामपुर माविकी रश्मी श्रेष्ट र सान्त्वना तर्फ भीमदत्त नगरपालिका ६ऐठपुरका नवराज भट्ट भएका छन । विजेताहरुलाई क्रमस सान्त्वना ५, तृतिय १०, द्वितिय १२ र प्रथम १५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । आइतबार निर्देशनालयले विज्ञान, गणित, भाषा, संस्कृत साहित्य, संगीत तथा नृत्य र विशेषकलाविच प्रतिस्पर्धा गराईएको थियो । कार्यक्रममा सहभागि लक्ष्मी माविमा प्रद्यानाध्यापक प्रमानन्द नाथले शिक्षक, शिक्षकविचको प्रतिस्पर्धाले एक आपसमा चिनजानदेखि शैक्षिक कार्यक्रममा थप प्रभावकारीता आउने बताए । कार्यक्रमको व्यवस्थापकीय जिम्मेबारी पाएको शान्ति निकेतन माविका प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यालयलाई निर्देशनालयबाट पाएको जिम्मेबारी पुरा गरेको र आगामी दिनमा पनि शैक्षिक सुधारका लागि विद्यालय हातेमालो गर्न तयार रहेको बताए । शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्टले कार्यक्रमबाट शिक्षकको प्रतिभा प्रस्फुटन गर्ने अवसर मिलेको बताउँदै आगामी दिनमा समेत कार्यक्रम संचालनमा जोडदिए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शैक्षिक सुधारका साथै सुदूरपश्चिम प्रदेशका शिक्षकविच गरिएको प्रतिस्पर्धात्मक कार्यक्रमले थप शैक्षिक कार्यक्रममा टेवा पुग्ने बताए । जिसस प्रमुख बोहराले आफुमा भएको कला विद्यार्थीमा हस्तान्तरण गर्नुपर्नेमा जोडदिए । कार्यक्तममा शान्ति निकेतन सहितका सहभागि विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकले आगामी दिनमा यस्ता प्रभावकारी कार्यक्रम थपका संचालनमा जोडदिएका छन ।

सम्बन्धित समाचार

Leave a Reply